डालास एभरेस्ट लायन्स क्लबको आयोजनामा कवि गोष्ठि सम्पन्न

काठमाण्डु टुडे २०७१ पुष ११ गते १६:३४ मा प्रकाशित

डालास एभरेस्ट लायन्स क्लबले यही डिसेम्बर २१ तारिख, २०१३ आइतबारका दिन अर्विनस्थित ल्क्त् को हलमा एक कवि गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ। प्रतियोगी र अप्रतियोगी गरी करिव २१ जना कवि तथा कवयित्रीहरुले आ(आफ्नो रचना बाचन गरिएको सो कार्यक्रममा बालबालिकाहरुले नेपाली र अंग्रेजी भाषामा रचना पाठ गरेका थिए।
साहित्यकार भीम कार्की, लायन्सका पूर्व अध्यक्ष राम सिंह पोख्रेल र पत्रकार आरके धर्मस्थली निर्णायक रहेको प्रतियोगितामा बाल जोसी प्रथम, बलायर प्रत्यासी व्दितीय,र डा। मुरली अधिकारी तृतीय हुनु भएका थिए । पुरस्कारको राशी क्रमसस् १५०, १०० र ५० डलर रहेको थियो। सोही समारोहमा डलास एभरेस्ट लायन्स क्लब आदिले केही समय अघि सम्पन्न महजात्रा कार्यक्रमबाट संकलित रकम मध्येबाट, डालासस्थित नेपाली समाजको बल्चरल हल निर्माणार्थ सहयोगस्वरुप ९ हजार डलर एनएसटीका अध्यक्ष भूवन आचार्य र एनसिएससीका संयोजक डा। मुरली अधिकारीलाई संयुक्तरुपमा हस्तान्तरण गरेको थियो।
साथै कार्यक्रमको अर्को रोचक पक्ष के थियो भने दिगो शान्ति मानव भाइचारा र नेपाली पहिचानका निम्ति प्रयटन प्रवद्धन गर्ने उध्देश्यू ले बिश्व यात्रामा निस्किएका उल्टो साइकल यात्रीहरु बिरेश दाहाल र बरुण अधिकारी ९संयोगबस डालास आइपुग्नु भएका० लाई एनएसटीका अध्यक्षले सम्मान गर्नुका साथै उपस्थित महानुभावहरुद्वारा सहयोग प्रदान गरिएको थियो। कार्यक्रममा ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष डा। लीला कार्कीलाई क्लबका अध्यक्ष बास्तोलाले क्लबको पिन लगाएर सम्मान गरेका थिए ।
लायन्सको मान्यता र परम्परा अनुसार सञ्चालन गरिएको सो कार्यक्रमको प्रारम्भ, क्लबका अध्यक्ष खेमराज बास्तोलाले मिटिङ कल टु अडर गरी गरेका थिए भने क्लबका पूर्व अध्यक्षहरु शिव काफ्ले, महेन्द्र पौड्याल र इरा आचार्यले अतिथिहरुको परिचय गराउनुका साथै क्लबका सचिव बिएन पन्तले स्वागत मन्तब्य राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us