
झापा, १६ पुस – वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका झापाको कनकाई नगरपालिका–४ सुरुंगाका खड्गप्रसाद सार्कीको मृत्यु भएको छ । गत साउन २ गते मलेसिया पुगेका उनको सुतेकै ठाउँमा मृत्यु भएको मृतकका आफन्त रमेश सार्कीले जानकारी दिए ।
उनको गत पुस १३ गते राति सुतेकै ठाउँमा मृत्यु भएको बताइएको छ ।
मलेसियाको एक कम्पनीमा सुरक्षा गार्डको काम गर्दै आएका सार्कीको शव नेपाल ल्याउन समस्या भएको भन्दै उनकी श्रीमती पवित्रा विकले सबैसँग सहयोगको याचना गरेकी छन् ।