दुबईमा खाना खाएर सुतेका नेपाली बिहान उठ्दा मृत

काठमाण्डु टुडे २०७१ पुष ५ गते १४:२९ मा प्रकाशित

दुबई– पोखराका एक कामदारको दुबईमा रहस्यमय मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४२ वर्षीय रिका गुरुङ रहेको पारिवारिक श्रोतले जनाएको छ ।

गुरुङ विगत १२ वर्षदेखि दुबइस्थित एयरपोर्ट साइडमा रहेको एमिरेट्स फ्लाईट क्याटरिङ नामको कम्पनीमा कार्यरत थिए ।

शुक्रबार राति खाना खाएर सुतेका गुरुङ शनिबार बिहान ओछ्यानमै मृत फेला परेको बताइएको छ । मृत्युको कारण खुलेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us