घर जान पाउँ भन्दै मलेसियामा सय नेपाली आन्दोलित

काठमाण्डु टुडे २०७१ पुष ५ गते १३:५८ मा प्रकाशित

मलेसिया– सुविधा कटौतीको विरोधमा मलेसियामा एक सय बढी नेपाली मजदुर आन्दोलनमा उत्रिएका छन् ।
मलेसियाको पोर्ट केलाङ्स्थित वन्सापुरीमा रहेको मेडिप्रो कम्पनीमा कार्यरत नेपाली सामूहिक राजीनामा दिएर बिहीबारबाट आन्दोलनमा उत्रिएका हुन् ।

कम्पनीले कन्ट्रयाक कम्पनीलाई बुझाएर सुविधा कटौती गरेपछि आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् ।

स्वास्थ्य सामग्री निर्माण गर्ने उक्त कम्पनीमा नेपालीसहित इण्डोनेसिया, बंगलादेश, म्यानमारलगायत मुलुकका कामदार कार्यरत छन् ।

समस्या समाधानको प्रयासमा मजदुर र कम्पनी व्यवस्थापनबीच भएको छलफल बिनानिष्कर्ष सकिएको छ ।
यसैबीच नेपाली कमादार पठाउने काठमाण्डुस्थित जानकी ओभरसिजका सञ्चालकर्लाइ कम्पनीले मलेसिया बोलाएको छ ।

कामदारले भने आफूहरु स्वदेश फर्कन पाउनुपर्ने माग राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us