प्रवास

एमाओवादी हङकङ अध्यक्षमा लिङदेन

२०७१ भदौ २५ गते ३:१०

हङकङ– एकीकृत माओवादीको हङकङ शाखा अध्यक्षमा रविन लिङदेन चयन भएका छन् । एमाओवादीका सचिव वर्षमान पुन र अन्तराष्ट्रिय विभाग सचिव युवराज चौलागाईंको उपस्थितिमा जोर्डनस्थित नमोबुद्घ क्लब हाउसमा सम्पन्न शाखाको दोश्रो अधिवेशनले लिङदेनलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले नेपाली जनप्रगतिशील मञ्च हङकङ पनि गठन...

कतारमा नेपाली पत्रकार पक्राउ गरिएकामा आपत्ति

२०७१ भदौ २२ गते १४:२५

काठमाण्डु, २२ भदौ– नेपाल पत्रकार महासंघले नेपालका दुई पत्रकारलाई कतारमा पक्राउ गरिएकामा आपत्ति जनाएको छ । नेपाली कामदारको अवस्थाबारे वृत्तचित्र निर्माणका लागि कतारमा पुगेका महासंघ यूके शाखा सदस्य गुणदेव घिमिरेसहित दुई जनालाई एक सातादेखि कतारी प्रहरीले नियन्त्रणमा लिएको महासंघले जनाएको छ । सचिव प्रभात...

साउदीमा नेपालीको मृत्यु

२०७१ भदौ १७ गते ५:२२

साउदी– वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेका मोरङका एक व्यक्तिको मृत्यु भएको छ । मोरङ पथरी शनिस्चरेका ४५ वर्षीय मेघनाथ पयाँगुको साउदी अरवको ताबुकमा शनिबार मृत्यु भएको छ । उनी ६ वर्षदेखि अल डुल्बा ट्रेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनीमा कार्यरत थिए । शुक्रबार छाती दुख्यो...

कतारमा २६ नेपाली एक महिनादेखि अलपत्र

२०७१ भदौ १५ गते ३:०९

कतार– कतारको एक कम्पनीमा कार्यरत २६ नेपाली कामदार अलपत्र परेका छन् । समूहमा अन्य २० जना भारतीय कामदारसमेत छन् । उनीहरू काम गर्ने कम्पनीले पाँच महिनादेखि तलबसमेत दिएको छैन । ‘हामीले पाँच महिनादेखि तलब पाएका छैनौं,’ कञ्चनपुरका ४४ वर्षीय मानबहादुर सुनुवारले भने, ‘कम्पनीका मुख्य...

मलेसियामा नेपालीको मृत्यु

२०७१ भदौ १४ गते ३:५३

काठमाण्डु, १४ भदौ– मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर चुरियामाइका सोमबहादुर मोक्तान रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार शुक्रबार राति खाना खाएर सुतेका उनी ओछ्यानमै मृत भेटिएका थिए । मृत्युको कारण खुलेको छैन । मोक्तान वैदेशिक...

नेपालीमाथि मलेसियामा यस्तो ज्यादती

२०७१ भदौ १२ गते ४:५२

मलेसिया– नेपाली हत्याको विरोधमा उत्रिएका नेपाली कामदारले मलेसियामा हड्ताल गरेका छन् । हत्या विरोधमा उत्रिएकालाई पक्राउ गरिएपछि नेपालीले हड्ताल गरेका हुन् । जोहोरबारुस्थित तेब्रोबामा रहेको जेसीवाई नामक कम्पनीमा कार्यरत झापाका हर्कबहादुर निरौलाको कम्पनीको लापरबाहीले ज्यान गएको भन्दै सो कम्पनीमा कार्यरत नेपाली हड्तालमा उत्रिएका हुन्...

मलेसियामा रहेका अवैध कामदार अर्को साता फर्काइने

२०७१ भदौ ११ गते २:३९

मलेसिया, ११ भदौ– मलेसियामा अवैधानिक रुपमा बसिरहेका नेपाली कामदारलाई सरकारले आगामी सातादेखि स्वदेश फर्काउने भएको छ । अवैधानिक रुपमा मलेसियामा काम गरिरहेकाहरु कुनै पनि बेला पक्राउन पर्न सक्ने हुदाँ नेपाली दूतावासले कोपरासी इमिग्रेसन मलेसिया बरहाड र नेपाली व्यवसायीको समन्व्यमा स्वदेश फर्काउन लागेको हो ।...

भारतमा नेपाली युवतीको सामूहिक बलात्कार

२०७१ भदौ १० गते ८:१८

काठमाण्डु, १० भदौ – भारतमा एक नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । काठमाण्डु घर भएकी १९ वर्षिया ती युवतीलाई राजधानी दिल्लीको दक्षिणी क्षेत्रस्थित मेरौली भन्ने स्थानमा ६ युवकले सामूहिक बलात्कार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। जागिर दिलाइदिने भन्दै एक युवकले उनलाई मेरौलीस्थित एउटा...

अमेरिकाको टेक्सासबाट सुनकोसी पीडितलाई सहयोग

२०७१ भदौ ९ गते ७:३५

टेक्सास– नेपाली जनसम्पर्क समिति अमेरिकाको वेष्ट टेक्सास च्याप्टरले सुनकोसी बाढी पीडितको राहत तथा उद्धारका लागि १ लाख २० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । चलचित्र ‘नाई नभन्नु ल–२ को च्यारिटी शोबाट उठेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप तथा राहत कोषमा पठाउन लागिएको...

कतारमा तीज विषेश कार्यक्रम

२०७१ भदौ ७ गते १२:२६

कतार– गुल्मी सेवा समाज कतारले हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा दोहाको सल्वा रोड स्थित क्वालिटी हाईपरमार्केटको सभाहलमा तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । गुल्मी सेवा समाजका अध्यक्ष शिव खड्काको सभापत्विमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीमा गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय...

मगर संघले लण्डनमा किन्यो साढे ५ करोडमा भवन

२०७१ भदौ ७ गते ५:०१

लण्डन– बेलायतवासी मगरहरुले बेलायतको हम्सायर कन्ट्री काउन्सिल फानवरो भन्ने स्थानमाा मगर संघ यूकेका लागि भवन खरिद गरेको छन् । मगर संघका अनुसार सो भवनको मूल्य पैंतीस लाख पाउण्ड अर्थात् नेपाली ५ करोड ६० लाख रुपैयाँ परेको छ । मगर संघ यूकेका अध्यक्ष दुत पुनले...

मलेसियाका जेलमा रहेका नेपाली फर्काउन पहल

२०७१ भदौ ५ गते ४:१०

काठमाण्डु, ५ भदौ– नेपालले मलेसियामा रहेका अवैध कामदारलाई स्वदेश फिर्ता ल्याउन पहल गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका मलेसियाली मानव संसाधनमन्त्री दातुक रिचार्ड रियट जइमसँग नेपाली अधिकारीले त्यहाँ रहेका अवैध नेपाली कामदारको स्वदेश फिर्तीका लागि सम्भावित कानुनी उपायबारे छलफल गर्न लागेका हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us