कतारमा तीज विषेश कार्यक्रम

काठमाण्डु टुडे २०७१ भदौ ७ गते १२:२६ मा प्रकाशित

कतार– गुल्मी सेवा समाज कतारले हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा दोहाको सल्वा रोड स्थित क्वालिटी हाईपरमार्केटको सभाहलमा तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

teejगुल्मी सेवा समाजका अध्यक्ष शिव खड्काको सभापत्विमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीमा गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय सम्वन्य समितिका उपाध्यक्ष टिबि कार्की रहेका थिए ।

विशेष तिज कार्यक्रमलाई गैर आवासिय नेपाली तारा २०१४ को विजेता गायिका ईन्दीरा शाहको ‘ढल्की ढल्की नाचौकी झै लाछ’ बोलको तिज गितले रमाईलो बनायो ।

‘आउन वरवर , लप परेको छ र’ भन्ने तिजको भाकामा गित गाउदै कार्यक्रमका गायक डोलराज परियारले उपस्थित युवायुवतीहरुलाई नचाए ।

माया पिरतीका गितले कतारमा राम्रै बजार पाउने गरेको छ । माया परियारको नृत्यले कार्यक्रममा थप रौनक थपेको थियो । त्यस्तै कार्यक्रममा नन्द परियार र अजित कुमारले नृत्य प्रस्तुत गरे ।

कतारका कार्यक्रममध्य नौलो सभाहल र अती नै उत्कृष्ठ जस्तो देखीने कार्यक्रममा प्राविधिक गढबढीको भने कमी रहेन । महिलाहरुको चाड तिज विशेषका लागी गरिएको कार्यक्रममा आधा भन्दा बढी पुरुषहरुको उपस्थितीले कार्यक्रम अस्थव्यस्थ देखियो । स्टेजमा प्राविधीक गढबढी सभाहलमा उपस्थित पुरुषहरुको हर्सोउल्लास ।

तीज विषेश कार्यक्रमलाई संयोजक मिना खड्काले स्वागत मन्तब्य राखेकी थिईन । उनले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रममा उपस्थित महिलाहरुलाई पुरुषहरुले गरेको मानमर्यादा प्रती आभार प्रकट गरिन । कार्यक्रमलाई भिम तरामु मगर , प्रमेष दाहाल र ईश्वरा मगरले सन्चालन गरेका थिए ।

कार्यक्रममा गायक अविरल अजित , मोहन शाह , सन्दिप रसाईली , कविता तामाङ्ग लगायतका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रममा पत्रकारहरुको उपस्थितीलाई भने त्यती मान्यता दिईएन ।

tej

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us