टेक्सास– नेपाली जनसम्पर्क समिति अमेरिकाको वेष्ट टेक्सास च्याप्टरले सुनकोसी बाढी पीडितको राहत तथा उद्धारका लागि १ लाख २० हजार
रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।
चलचित्र ‘नाई नभन्नु ल–२ को च्यारिटी शोबाट उठेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप तथा राहत कोषमा पठाउन लागिएको हो ।
टेक्सास च्याप्टरका अध्यक्ष हरिबोल भण्डारीले बाढी पीडितको सहयोगार्थ एक साताअघि चलचित्र प्रदर्शन गरिएको बताए । कार्यक्रममा कलाकार सरोज खनाललाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थिति थियो ।