साउदीमा नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७१ भदौ १७ गते ५:२२ मा प्रकाशित

साउदी– वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेका मोरङका एक व्यक्तिको मृत्यु भएको छ ।
मोरङ पथरी शनिस्चरेका ४५ वर्षीय मेघनाथ पयाँगुको साउदी अरवको ताबुकमा शनिबार मृत्यु भएको छ । उनी ६ वर्षदेखि अल डुल्बा ट्रेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनीमा कार्यरत थिए ।

शुक्रबार छाती दुख्यो भन्दै आराम गरेका उनको शनिबार मृत्यु भएको उनका साथीहरुले बताएका छन् । उनको शव किङ्ग फहाद अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us