मलेसिया, ११ भदौ– मलेसियामा अवैधानिक रुपमा बसिरहेका नेपाली कामदारलाई सरकारले आगामी सातादेखि स्वदेश फर्काउने भएको छ ।
अवैधानिक रुपमा मलेसियामा काम गरिरहेकाहरु कुनै पनि बेला पक्राउन पर्न सक्ने हुदाँ नेपाली दूतावासले कोपरासी इमिग्रेसन मलेसिया बरहाड र नेपाली व्यवसायीको समन्व्यमा स्वदेश फर्काउन लागेको हो ।
मलेसिया सरकारले गैरकानुनी रुपमा बसेको भन्दै पक्राउ गरी जेल हालेका नेपालीलाई पनि चरुणवद्ध रुपमा उद्धार गरिने भएको छ । मलेसियास्थित नेपाली राजदूत निरन्जनमान बस्यान्तले अवैधानिक रुपमा रहेका नेपाली कामदारलाई स्वदेश फर्कने यात्रा अनुपतिपत्र बनाउन मंगलबार सूचना जारी गरिएको बताए ।
दूतावासले पहिलो चरणमा दैनिक १ सयका दरले स्वदेश फर्काउने छ ।