मलेसियामा तीन सय नेपाली अलपत्र

काठमाण्डु टुडे २०७१ असोज २३ गते २:१६ मा प्रकाशित

काठमाण्डु, २३ असोज- मलेसियामा दुई कम्पनी बन्द हुँदा करिब तीन सय नेपाली कामदार कामविहीन भएका छन् ।
Malaysiaमलेसियाको मुहारस्थित इन्स्टाइल फर्निचर र लिताको इन्टरप्राइजेज कम्पनी बन्द भएका हुन् । एउटै मालिक रहेको दुवै कम्पनीले फर्निचर निर्माणको काम गर्ने गरेका थिए ।
ऋणमा चलिरहेका कम्पनी टाट पल्टिँदा बैंकले १ अक्टोबरमा सिल गरेपछि कम्पनी बन्द भएको मलेसियाबाट गुल्मीका विनोद ज्ञवालीले जानकारी दिए । कम्पनी बन्द भए पनि कामदारलाई कम्पनीको होस्टेलमा बस्न दिइएको छ । इन्स्टाइल कम्पनीमा कार्यरत ज्ञवालीका अनुसार झन्डै तीन सय नेपाली दुवै कम्पनीमा कार्यरत थिए । कम्पनीले दुई महिनादेखि कामदारलाई तलब पनि दिएको थिएन ।
‘कम्पनीको होस्टेलमा बसिरहेका छौं । बस्नु भन्दा पनि रासन, पानी बिजुलीको बिल तिर्न नसक्दा समस्या भएको छ,’ ज्ञवालीले भने,‘कम्पनीले दुई महिनाको तलव दिएको छैन । साथमा रकम नहुँदा रासन र अन्य खर्चका लागि ठ”लो समस्या छ ।’
पीडित नेपालीले बुधबार नेपाली दूतावासमा पुगेर आफ्ना समस्या राखेका छन् । क्वालालम्पुरस्थित नेपाली दूतावासले कम्पनीसँग सम्पर्क गरिरहेको र समस्या चाँडै सल्टिने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us