कतारमा दुई नेपालीको जलेर मृत्यु

काठमाण्डु टुडे २०७१ भदौ २९ गते २:२० मा प्रकाशित

काठमाण्डु– कतारमा घर फिर्ती केन्द्र ‘डिपोर्टेसन सेन्टर’ को एउटा भवनमा आगलागी हुँदा मृत्यु भएका पाँचमध्ये दुई नेपाली रहेको तथ्य खुलेको छ ।

त्यस केन्द्रमा गैरकानुनी हैसियत भएका विदेशी कामदारलाई पक्राउ गरी स्वदेश पठाउनुअघि राखिन्छ । नेपाली दूतावासका अनुसार जलेर ज्यान जानेमा सिन्गाढा–७, म्याग्दीका ३२ वर्षीय पूर्णबहादुर सार्की र धनुषाका २६ वर्षीय सिरान कपार छन् । मोबाइल चार्ज गर्ने क्रममा त्यहाँ आगलागी भएको बताइएको छ ।
गैरकानुनी हैसियतमा रहेका ती नेपालीलाई पक्राउ गरी प्रहरीले जेलमा राखेको थियो । सार्की ३ अप्रिल २०११ बाट कम्पनी छाडेर बाहिर काम गर्दै आएका थिए भने कपार गत अगस्ट २७ मा पक्राउ परेका थिए ।

उनीहरुलाई आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाउन त्यस केन्द्रमा राखिएको थियो । मृतक नेपालीको शव स्थानीय हमाद अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us