मलेसिया एयरपोर्टमा १६० नेपाली अलपत्र

काठमाण्डु टुडे २०७१ असोज ८ गते ३:०६ मा प्रकाशित

काठमाण्डु, ८ असोज–रोजगारदाता लिन नआएपछि मलेसियास्थित क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय १६० जना नेपाली कामदार महिनौंदेखि अलपत्र परेका छन् ।
अलपत्रमध्ये कतिपय कामदारको स्वास्थ स्थिति नाजुक रहेको छ । मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले अलपत्र परेका नेपाली कामदार क्वालालम्पुर विमानस्थलस्थित डिटेन्सन क्याम्पमा बसिरहेको जानकारी दिए ।
‘रोजगारदाता लिन नआउँदा विमानस्थलमा अलपत्र कामदारलाई उद्धार गरी फर्काउन पहल भइरहेको छ, उनले भने । यसबाहेक मलेसियाका विभिन्न सहरमा अन्य सयौं नेपाली कामदार जेलमा रहेका र अलपत्र परेको उनले बताए ।

अन्य स्थानमा अलपत्र परेकामध्ये अधिकांश गैरकानुनी कामदार छन् । गैरकानुनी कामदारलाई स्वदेश फिर्ता गर्न नेपाली दूतावासले विशेष पहल गरिरहेको बस्नेतले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us