मलेसियाबाट फर्काइए थप ३ सय ७७ नेपाली

काठमाण्डु टुडे २०७१ असोज १० गते १:५९ मा प्रकाशित

काठमाण्डु, १० असोज– अवैध रुपमा मलेसियामा रहेका तीन सय ७७ जना नेपाली कामदार बिहीबार एअरएसियाको विशेष विमानबाट स्वदेश फर्किएका छन् ।

मलेसियाका लागि नेपालीराजदूत निरञ्जनमानसिंह बस्न्यातका अनुसार क्वालालम्पुरमा थुनामा रहेका ६०जनासहित तीन सय ७७ जना अवैध नेपाली कामदारलाई स्वदेश फर्काइएको हो ।
बस्न्यातले जेलमा नपरेका, तर कम्पनी छाडेर अवैधानिक भइसकेका नेपाली कामदारलेलुकेर दूतावासमा आई एकतर्फी ट्राभल डकुमेन्ट बनाउने गरेको बताए । एकतर्फीट्राभल डकुमेन्ट बनाएपछि त्यहाँको प्रहरीले पक्राउ गर्दैन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us