बेलायतबासी नेपाली चिकित्सकद्वारा बाढीपीडितलाई सहयोग

काठमाण्डु टुडे २०७१ असोज २३ गते ६:५८ मा प्रकाशित

काठमाण्डु, २३ असोज-बेलायतमा कार्यरत नेपाली चिकित्सकहरुको संस्था नेप्लिज डाक्टर्स एसोसिएसन युकेले प्रधानमन्त्री राहत कोषमार्फत बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ ।
एसोसिएसनका पूर्वअध्यक्ष डा. अच्युतप्रसाद धितालले ६ लाख ४० हजार रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई बिहीबार हस्तान्तरण गरे ।

रकम हस्तान्तरण गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा धितालले  नेपालका विभिन्न भागमा गएको बाढीपहिरोका कारण प्रभावित भएका नेपालीहरुको सहयोगार्थ रकम उपलब्ध गराइएको बताए । बेलायतमा च्यारिटी डिनरमार्फत उक्त रकम संलन गरिएको जानकारी उनले दिए ।

आपतबिपतका बेला एकअर्कालाई मद्धत गर्ने नेपालीहरुको संस्कार रहेको भन्दै प्रधानन्त्री कोइरालाले एसोसिएसनलाई धन्यवाद दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us