विदेश गएको एक सातामा शव नेपाल आयो

काठमाण्डु टुडे २०७१ असोज ४ गते १४:४८ मा प्रकाशित

कुवेत–वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेका लम्जुङका एक युवकको कार  दुर्घटनामा ज्यान गएको छ ।
भारते गाउँ विकास समिति– ८, बेसीगाउँका २८ वर्षीय विकास भुजेलको सडक दुर्घटनामा ज्यान गएको हो ।  रोजगारीका लागि गएको एक सातामै भुजेलको कार दुर्घटनामा परेर मृत्यु भएको उनको परिवारले जनाएको छ ।

गत भदौ २० गते घरबाट कुवेत हिंडेका उनको भदौ २७ गते कार दुर्घटनामा मृत्यु भएको हो । उनको शव काठमाण्डु ल्याएर पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us