समाचार

राष्ट्रपति पौडेलद्वारा गुरुङको निधनमा शोक व्यक्त

२०८२ साउन १० गते १६:३७

काठमाण्डू, १० साउन– राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि प्रकट गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङले लोकतन्त्र स्थापना र पुनर्स्थापनामा पुर्याएको महत्त्वपूर्ण योगदान सधैं स्मरणीय रहने उल्लेख गरेका...

जनार्दनको नाम नलिई प्रचण्डले भनेः केही मानिस प्रतिक्रियावादी र दलालहरुको उक्साहटमा छन्

२०८२ साउन १० गते १६:३२

काठमाण्डू, १० साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका केही नेता प्रतिक्रियावादी र दलालहरुको उक्साहटमा लागेको आरोप लगाएका छन् । पार्टी निकट शिक्षकहरुको भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्ने क्रममा उनले उपमहासचिव जनार्दन शर्मालाई लक्षित गरी उक्त अभिव्यक्ति दिएका हुन् । तर, प्रचण्डले शर्माको...

पशुपतिको होटलमा भएको साँठगाँठले नेकपा फुट्यो: प्रचण्ड

२०८२ साउन १० गते १६:२४

काठमाण्डू, १० साउन– माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाको एकता पशुपतिको एक होटलमा भएको षड्यन्त्रपूर्ण साँठगाँठका कारण टुटेको बताएका छन् । शनिबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित ‘निर्वासन’ नामक पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनलेआफूले प्रधानमन्त्री पद नै त्यागेर एकता...

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

२०८२ साउन १० गते १६:१८

काठमाण्डू, १० साउन–कांग्रेस नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको शनिबार बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।  कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । भरतपुर महानगरपालिका–२६...

विद्याले जबजको उत्तराधिकारीको मै हो भनेपछि ओलीले मदनका ४ श्रीमती थिए भनिदिएःप्रचण्ड

२०८२ साउन १० गते १६:१२

काठमाण्डू, १० साउन–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले तत्कालीन महासचिव मदन भण्डारीका ४ श्रीमती रहेको भन्ने आरोपबारे मुख खोलेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भण्डारीले जबजको आधिकारिकता आफूसँग रहेको बताएपछि ओलीले भण्डारीमाथि चार श्रीमती रहेको र सहकारी...

सिटी रिक्सा चार्ज गर्ने क्रममा श्रीमान्, श्रीमतीकै मृत्यु

२०८२ साउन १० गते १४:०७

सप्तरी, १० साउन– सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। शनिबार बिहान स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीया  रामकुमारी खंग दुवै जनाको विद्युत्बाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट...

कुलिङ अफ पिरियडमा एमालेले म्याउँ ग-यो, ओलीमाथि छानबिन हुनुपर्छः प्रचण्ड

२०८२ साउन १० गते १४:०२

काठमाण्डू, १० साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजामती कर्मचारीसम्बन्धी विधेयकमा छलछाम गरी कुलिङ पिरियडको प्रावधान हटाउने लेखमा सरकार नेतृत्वकर्ता एमाले संलग्न रहेको आरोप लगाएका छन् । पार्टी सम्वद्ध शिक्षकहरुलाई काठमाण्डूको सितपाइलामा शनिबार राजनीतिक प्रशिक्षण दिने क्रममा उनले कुलिङ अफ पिरियडमा एमोले नै...

केपी ओली र शंकर पोखरेलले देशभर गुटबन्दी गरेः कर्ण थापा

२०८२ साउन १० गते १३:५१

काठमाण्डू, १० साउन–एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले पार्टीमा गुटबन्दी गरिरहेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार थापाले ओली र पोखरेलले देशभर गुट चलाएको आरोप लगाएका हुन् । १०औं महाधिवेशनपछि एमालेमा इतिहासमै सबैभन्दा बढी...

मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल डिप बोरिङ जडान गरिन्छः प्रधानमन्त्री ओली

२०८२ साउन ९ गते १७:३६

काठमाण्डू, ९ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल डिप बोरिङ जडान गरिने बताएका छन । आज (शुक्रबार) महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा निर्मित प्रसूति गृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले...

बहादुरसिंह लामाजीमाथि अविश्वास पैदा भयोः इन्द्र बानियाँ

२०८२ साउन ९ गते १७:२४

काठमाण्डू, ९ साउन– कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बनियाँले प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामामाथि अविश्वास पैदा भएकाले अविश्वासको प्रस्ताव दर्ता गराएको प्रतिक्रिया दिएका छन । आज (शुक्रबार) हेटौँडास्थित प्रदेश संसदीय दलको कार्यालयमा पुगेर अविश्वासको प्रस्ताव दर्ता गरेपछि बानियाँले यस्तो प्रतिक्रिया दिएका हुन...

काठमाण्डू महानगरपालिकाभित्र सार्वजनिक स्थलमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने

२०८२ साउन ९ गते १७:०४

काठमाण्डू, ९ साउन– काठमाण्डू महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिराउने भएको छ । हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष ०८२–८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो । काठमाण्डू महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्यधिक धूम्रपान...

सुर्खेतमा घाँस काट्ने मेसिन चलाउँदा करेन्ट लागेर दम्पतीको मृत्यु

२०८२ साउन ९ गते १६:५४

काठमाण्डू, ९ साउन– सुर्खेतमा घाँस काट्ने मेसिन चलाउँदा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्याय रहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जानकारी दिएको छ । शुक्रबार बिहान आफ्नै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us