समाचार

माओवादी अहिले बिरामी छः सुदन किराँती

२०८२ साउन ११ गते १३:०७

काठमाण्डू, ११ साउन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले माओवादी अहिले बिरामी अवस्थामा रहेको तर्क गरेका छन । शनिबार काठमाण्डूको तीनकुनेमा युथ भिजन नेटवर्कद्वारा आयोजित ‘विद्यार्थीसँग जनप्रतिनिधि’ शृङ्खलाको तेस्रो भाग अन्तर्गत आयोजित एक कार्यक्रममा पूर्व मन्त्री किराँतीले यस्तो बताएका हुन ।...

‘हामीसँग आन्दोलनको खाका प्रसस्त, तर विकासको खाका छैन’: सुदन किराँती

२०८२ साउन ११ गते १२:४५

काठमाण्डू ११ साउन– पूर्व संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले नेपालको सबैभन्दा ठूलो समस्या भनेको देश विकासको स्पष्ट खाका नहुनु रहेको तर्क गरेका छन । शनिबार काठमाण्डूको तीनकुनेमा युथ भिजन नेटवर्कद्वारा आयोजित ‘विद्यार्थीसँग जनप्रतिनिधि’ शृङ्खलाको तेस्रो श्रृङ्खलामा...

अर्को सरकार बन्ने विकल्प अहिले छैनः कांग्रेस नेता सिटौला

२०८२ साउन ११ गते १२:३४

काठमाण्डू, ११ साउन– सत्ता घटक दल नेृपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन । आज (आइतबार) काठमाण्डूमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेस नेता सिटौलाले यस्तो बताएका हुन । उनले अहिले कुनै एक दलको बहुमत नरहेको र...

कुलिङ पिरियडबारे ओली, देउवा र प्रचण्डसँग छलफल गर्दै संसदीय छानबिन विशेष समिति

२०८२ साउन ११ गते १२:२५

काठमाण्डू, ११ साउन– कुलिङ अफ पिरियडबारे संसदीय विशेष छानबिन समितिले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न तयारी गरेको छ । तीन जना नेतासँग भेटेर सोध्ने गरी दुई प्रश्न...

एमालेमा ओलीको विकल्प छैन,विद्या भण्डारी गौण हुन्ः गौतम

२०८२ साउन १० गते २३:०९

भक्तपुर, १० साउन– एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य भएको बताएका छन् । नेपाल प्रेस सोसाइटीले भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा उनले भण्डारीको एमाले पार्टी सदस्यता र राजनीतिक पुन: सक्रियता एमालेका लागि ‘गौण विषय’ भएको बताए...

मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान र ५ वर्षका छोरा घाइते

२०८२ साउन १० गते २३:०४

काभ्रे, १० साउन– काभ्रेको पनौती नगरपालिका–३ कुशादेवीस्थित बगुवामा मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ । आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा६२प ६६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा मोटरसाइकलमा पछाडि पनौती–५ की ३२ वर्षीया सुजना खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते...

सरकार ढाल्ने बिचौलियाले हामीलाई भित्रैबाट घेरा हाल्न लगानी गरेका छन्ः प्रचण्ड

२०८२ साउन १० गते २२:४४

काठमाण्डू, १० साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी र नेतृत्वविरूद्ध भइरहेका योजनाबद्ध षड्यन्त्र भएको बताएका छन् । पार्टी सम्वद्ध गुल्मी–काठमाण्डू सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा गरेको कार्यक्रमा उनले त्यस्तो षड्यन्त्र परास्त गर्न नेता, कार्यकर्ता र समर्थकलाई अपिल गरे । विगतमाजस्तै माओवादी पार्टी...

चन्द नेतृत्वको गुल्मी–काठमाण्डू सम्पर्क मञ्च माओवादीमा समाहित

२०८२ साउन १० गते १७:०२

काठमाण्डू, १० साउन– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको गुल्मी–काठमाण्डू सम्पर्क मञ्चको सिंगो कमिटी माओवादी केन्द्रमा समाहित भएको छ । माओवादी केन्द्रको गुल्मी–काठमाण्डू सम्पर्क समन्वय समितिको शनिबार राजधानीमा आयोजित पाँचौं अधिवेशनका क्रममा मञ्चको सिंगो कमिटी माओवादी केन्द्रमा समाहित भएको हो । उनीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल...

काभ्रेमा दुई जनाको मृत्यु

२०८२ साउन १० गते १६:५६

काभ्रे, १० साउन– काभ्रेमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धान खेतमा पानी बगाउने क्रममा झिकु खोलामा आएको बाढीले बगाउँदा तेमाल गाउँपालिका–१, अमलटारीका गगनबहादुर भण्डारीको मृत्यु भएको छ । गएराति करिब ९ बजे झिगुखोलाले बगाएर बेपत्ता भएका ५५ वर्षीय भण्डारीको...

भावनाले मात्र कम्युनिष्ट एकता हुन सक्दैनः झलनाथ

२०८२ साउन १० गते १६:४९

काठमाण्डू, १० साउन-नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावनाले मात्रै कम्युनिष्टहरुको एकता हुन नसक्ने बताएका छन्। शनिबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्टहरु एकतावद्ध हुनु राम्रो कुरा भएको पनि बताए । सही विचार नभइकन एकतावद्ध गर्न...

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

२०८२ साउन १० गते १६:४६

काठमाण्डू, १० साउन-विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । जेलमा नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा स्वदेश फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि भारत सरकारलाई अनुरोध गरी...

बसको ठक्करबाट साइकल यात्रीको ज्यान गयो

२०८२ साउन १० गते १६:४०

झापा, १० साउन– झापाको दमक–४ चियाबगानमा शनिबार बिहान सवारी दुर्घटनामा परी साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नम्बर१–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी साइकलयात्री दमक–४...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us