काभ्रे, १० साउन– काभ्रेको पनौती नगरपालिका–३ कुशादेवीस्थित बगुवामा मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ ।
आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा६२प ६६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा मोटरसाइकलमा पछाडि पनौती–५ की ३२ वर्षीया सुजना खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी काभ्रे प्रहरीका सूचना अधिकारी मिन घलेले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल मृतकका श्रीमान मोटरसाइकल चालक विजय थापा र उनका छोरा ५ वर्षीय बीएन्स घाइते भएका छन् । घाइते दुवैको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्ता खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।