सुर्खेतमा घाँस काट्ने मेसिन चलाउँदा करेन्ट लागेर दम्पतीको मृत्यु

काठमाण्डु टुडे २०८२ साउन ९ गते १६:५४ मा प्रकाशित

काठमाण्डू, ९ साउन– सुर्खेतमा घाँस काट्ने मेसिन चलाउँदा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्याय रहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जानकारी दिएको छ ।

शुक्रबार बिहान आफ्नै घरमा विद्युतीय मेसिन प्रयोग गरी घाँस काटिरहेको अवस्थामा उनीहरूलाई करेन्ट लागेको थियो । मेसिनको तार सर्ट भएर करेन्ट लाग्दा दुवै जना गम्भीर घाइते भएका थिए ।

‎घाइते दम्पतीलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । ‎ उपचारकै क्रममा अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको लागेर मृत्यु भएको ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us