काठमाण्डू, ९ साउन– कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बनियाँले प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामामाथि अविश्वास पैदा भएकाले अविश्वासको प्रस्ताव दर्ता गराएको प्रतिक्रिया दिएका छन ।
आज (शुक्रबार) हेटौँडास्थित प्रदेश संसदीय दलको कार्यालयमा पुगेर अविश्वासको प्रस्ताव दर्ता गरेपछि बानियाँले यस्तो प्रतिक्रिया दिएका हुन । बानियासहित २१ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको उनले बताए ।
‘प्रजातन्त्रको मेरुदण्डको रूपमा रहेको नेपाली कांग्रेसले विश्वासका आधारमा बहादुरसिंह लामाजीलाई दलको नेता बनाइयो, ‘त्यसपछि सहकार्यको आधारमा दुइ दल मिलेर सरकार बनाइयो ।
त्यसको नेतृत्व उहाँले गर्नुभयो । त्यो नेतृत्वले प्रभावकारी ढङ्गले काम गर्न नसकेको संसदीय दलका अधिकांश साथीहरूको ठहर भयो । विश्वासमाथि अविश्वास पैदा भएकाले दर्ता गर्नुपरेको हो ।’