काठमाण्डु, २५ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनअपेक्षा अनुसार सेवा प्रवाह गरेर सङ्घीयता बलियो हुने उल्लेख गर्दै त्यसका लागि सम्बद्ध सबै निकायले सकारात्मक प्रयास गर्नुपर्ने बताएका छन । आज (शुक्रबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफलमा...
काठमाण्डु, २५ जेठ– कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र वितृष्णा पैदा भएको दाबी गरेका छन । पार्टीभित्रको असन्तुष्टि र असहमतिलाई सहज बनाउनका लागि देशभर नै छलफल र भेटघाटको काम अघि बढाइएको पनि उनले बताएका छन । आज (शुक्रबार) बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस...
काठमाण्डु, २४ जेठ– सर्वोच्च अदालतले झापाको बिएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार चुडाल र सारंगा सुवेदीको इजलासले बिहीबार सरकारका नाममा उक्त परमादेश दिएको हो । आदेशमा उक्त कलेजलाई सम्बन्धन नदिने चिकित्सा शिक्षा आयोगले २०७६...
काठमाण्डु, २४ जेठ– बिहीबारको मन्त्रिपरषद बैठकले विभिन्न १० निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बैठकका निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिइन् । यी हुन् मन्त्रिपरिषदका १० निर्णय १.प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागिता जनाउने । २. लगानी सहजीकरणसम्बन्धी केही...
काठमाण्डु, २४ जेठ– मन्त्रिपरषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण स्वीकृत गरेको छ । प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जान लागेका हुन् । भारतमा हालै सम्पन्न लोकसभा निर्वाचन परिणाम सार्वजनिक भएसँगै प्रचण्ड र मोदीबीच बुधबार साँझ टेलिफोन संवाद...
काठमाण्डु, २४ जेठ– सरकारले अमेरिका, भारत र बेलायतसहित ११ देशका आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले ती राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘भारत, अमेरिका, बेलायत, कतार, साउदी...
काठमाण्डु, २४ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने भएका छन् । हालै सम्पन्न निर्वाचनमा एनडिए गठबन्धनले बहुमत ल्याएसॅगै तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका मोदीले शनिबार पद तथा गोपनियताको सपथ लिंदैछन् । प्रधानमन्त्री प्रचण्ड र...
काठमाण्डू, २४ जेठ- प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजा खेतीबारे छलफल गर्न ४ मन्त्रीलाई बोलाएको छ । समितिको शुक्रबार बिहान ११ बजे बस्ने...
काठमाण्डु, २४ जेठ– एमाले सुनसरी अध्यक्ष निलम खनालको निधन भएको छ । बराह क्षेत्र नगरपालिकाका पूर्वमेयरसमेत रहेका खनाल लामो समयदेखि पेटसम्बन्धी रोगबाट पीडित थिए । उनलाई उपचारका लागि भारत लगिएकामा बुधबार राति बाटैमा मृत्यु भएको सो पार्टीले जनाएको छ । एमाले सुनसरीका सचिव राम...
जनकपुर, २३ जेठ- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् । बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले विश्वासको मत मागेका थिए । बहुमतका लागि ५४ मत आवश्यक पर्नेमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत परेको छ । यादवको पक्षमा उनको दल जसपा, काँग्रेस, लोसपा...
काठमाण्डू, २३ जेठ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको भन्दै दिक्दारी व्यक्त गरेका छन् । बुधबार काठमाण्डूमा आयोजित एक कार्यक्रममा लामिछानेले उक्त गुनासो गरेका हुन् । आफूले सहकारी समस्या समाधान गर्न र पीडितको बचत फिर्ता गराउन आफूले पहल गरिरहेको भए...
काठमाण्डु, २३ जेठ– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिन तयार भएका छन् । अपराह्न तीन बजे बोलाइएको प्रदेशसभा बैठकमा यादवले विश्वासको मत लिने कार्यसूची थियो । तर, अस्वस्थताको कारण देखाउँदै यादवले २८ जेठमा मात्र विश्वासको मत लिने दिन तोकिदिन सभामुखलाई पत्राचार...