काठमाण्डु, २४ जेठ– सरकारले अमेरिका, भारत र बेलायतसहित ११ देशका आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले ती राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
‘भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, पर्चुगल, स्पेन, डेनमार्क र इसराइलका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग उनले भनिन् ।