दुबईबाट नेपाल आउँदा विमानस्थलमै पक्राउ परिन् एक युवती

काठमाण्डु टुडे २०८३ साउन १२ गते १८:१६ मा प्रकाशित

काठमाण्डू, १२ साउन– दुबईबाट नेपाल आउँदै गरेकी एक युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेकी छन । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–१ चौमाला घर भएकी निर्मला साउद रहेकी छन ।

उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us