स्वाभिमान माधव नेपालबाट सिक्नुहोला, राजा ज्ञानेन्द्रबाट होइनः रवीन्द्र मिश्र

काठमाण्डु टुडे २०८३ साउन १२ गते १७:१५ मा प्रकाशित

काठमाण्डू, १२ साउन– पूर्वनेता रवीन्द्र मिश्रले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको ‘बरु देश छाडेर विदेश जान्छु’ भन्ने भनाइप्रति राप्रपाका कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा मिश्रले स्वाभिमानभन्दा ठूलो कुरा केही नहुने र सरकारले वास्ता नगरे अपमानित भएर बस्नुभन्दा विदेश जानु राम्रो भनी दिएको अभिव्यक्तिप्रति मिश्रले व्यङ्ग्य गरेका हुन । नेपालको उक्त भनाइ सुन्दा आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहको याद आएको मिश्रले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘वास्तवमा राजा ज्ञानेन्द्रचाहिँ स्वाभिमान नभएकै मान्छे रहेछन्। किनभने एउटा कालखण्डमा नेपालको इतिहासकै सबैभन्दा अपहेलित र अपमानित मान्छे हुँदा पनि र गद्दीबाट हटाइएका संसारका सबै राजाजस्तै विदेशमा गएर बस्ने पूर्ण अवसर हुँदा पनि उनले देश छोडेर गएनन् ।’

उनले थप लेखेका छन्, ‘त्यत्रो अपहेलना र अपमान कसरी सहेर बस्न सकेको होलारु मैले इमानदारीपूर्वक भनेको, स्वाभिमान माधव नेपालबाट सिक्नुहोला, राजा ज्ञानेन्द्रबाट होइन।’ पूर्वप्रधानमन्त्री नेपालले एक अन्तर्वार्तामा ‘बरु देश छाडेर विदेश जान्छु’ भनेर दिएको बयान यतिबेला चर्चाको बिषय बनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us