प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो

काठमाण्डु टुडे २०८३ साउन १२ गते १८:२० मा प्रकाशित

काठमाण्डू, १२ साउन– भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका छन ।

उनले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् । कहिले भ्रमण हुने र कहिलेको लागि दिएको भन्ने चाहिँ उनले खुलाएका छैनन् ।

पत्रकारले हालै नेपाली अधिकारीले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको सन्दर्भमा रहेको भन्दै यसबारे प्रश्न गरेका थिए ।

उक्तप्रश्नको जवाफमा प्रवक्ता जैसवालले भने,’पहिलो प्रश्नकोबारेमा म जानकार छैन । नेपालका प्रधानमन्त्रीको भ्रमणकोबारे निमन्त्रणा गइसकेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us