मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री दिल्ली जाने

काठमाण्डु टुडे २०८१ जेठ २४ गते १७:४५ मा प्रकाशित

काठमाण्डु, २४ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने भएका छन् ।

हालै सम्पन्न निर्वाचनमा एनडिए गठबन्धनले बहुमत ल्याएसॅगै तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका मोदीले शनिबार पद तथा गोपनियताको सपथ लिंदैछन् ।

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच बुधबार साँझ टेलिफोन संवाद भएको थियो । त्यसक्रममा मोदीले शपथ ग्रहण समारोहमा उपस्थित हुन प्रधानमन्त्री प्रचण्डलाई निम्ता दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका थिए ।

दुई प्रधानमन्त्रीबीच आपसी हित र चासोका विविध विषयमा कुराकानी भएको थियो । त्यस क्रममा प्रचण्डले मोदी नेतृत्वमा बन्ने नयॅा सरकारले नेपाल-भारत सम्बन्ध थप प्रगाढ तुल्याउने विश्वास व्यक्त गरे । नयॅा सरकारसँग सहकार्य गर्न आफू तत्पर रहेको भनको भनाइ थियो ।

ताजा जनादेशपछि प्रधानमन्त्री मोदीले बुधबार पदबाट राजीनामा दिएका थिए ।             

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us