सहकारी ठगको ट्याग बोकेर हिंडिरहेको छुः रवि लामिछाने

काठमाण्डु टुडे २०८१ जेठ २३ गते १९:२७ मा प्रकाशित

काठमाण्डू, २३ जेठ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको भन्दै दिक्दारी व्यक्त गरेका छन् ।

बुधबार काठमाण्डूमा आयोजित एक कार्यक्रममा लामिछानेले उक्त गुनासो गरेका हुन् ।  आफूले सहकारी समस्या समाधान गर्न र पीडितको बचत फिर्ता गराउन आफूले पहल गरिरहेको भए पनि ठगको ट्याग लगाइएको बताए । टिभी प्रस्तोता हुँदा सहकारी पीडितहरुबारे धेरै रिपोर्ट बनाएको, कतिपय ठगलाई जेल पठाएको, रकम फिर्ता पैसा फिर्ता गराएको भए पनि सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको उनको भनाइ थियो ।    

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us