आरजु राणाको समितिले रवि लामिछानेलाई बोलायो

काठमाण्डु टुडे २०८१ जेठ २४ गते १७:२१ मा प्रकाशित

काठमाण्डू, २४ जेठ- प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजा खेतीबारे छलफल गर्न ४ मन्त्रीलाई बोलाएको छ ।                                        समितिको शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई मन्त्रालयका सचिवसहित बोलाइएको हो ।                                                               बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव तथा सरोकारवालालाई बोलाइएको हो । अर्थमन्त्री पुनले गत १५ जेठमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा औषधिजन्य प्रयोगका लागि गाँजाको व्यवसायिक उत्पादन गर्ने उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us