एमाले जिल्ला अध्यक्ष निर्वाचित भएको तीन साता नपुग्दै अस्ताए खनाल

काठमाण्डु टुडे २०८१ जेठ २४ गते ११:०५ मा प्रकाशित

काठमाण्डु, २४ जेठ– एमाले सुनसरी अध्यक्ष निलम खनालको निधन भएको छ ।

बराह क्षेत्र नगरपालिकाका पूर्वमेयरसमेत रहेका खनाल लामो समयदेखि पेटसम्बन्धी रोगबाट पीडित थिए । उनलाई उपचारका लागि भारत लगिएकामा बुधबार राति बाटैमा मृत्यु भएको सो पार्टीले जनाएको छ ।

एमाले सुनसरीका सचिव राम कोइरालाले खनालको हैदरावादमा उपचार गराउँदै आएको र बुधबार फलोअप उपचारका लागि जाँदै गर्दा मृत्यु भएको जानकारी दिए ।

खनालको शव नेपाल ल्याउने तयारी भइरहेको पारिवारिक श्रोतले जनाएको छ । गत जेठ ७ मा सम्पन्न जिल्ला अधिवेशनबाट खनाल एमाले जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us