काठमाण्डु, २४ जेठ– सर्वोच्च अदालतले झापाको बिएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सरकारका नाममा परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय कुमार चुडाल र सारंगा सुवेदीको इजलासले बिहीबार सरकारका नाममा उक्त परमादेश दिएको हो ।
आदेशमा उक्त कलेजलाई सम्बन्धन नदिने चिकित्सा शिक्षा आयोगले २०७६ चैत १२ गतेको निर्णय बदर गरिएको उल्लेख छ । गत १२ चैतमा सर्वोच्चले बिएण्डसीलाई सम्बन्धन दिन आदेश दिएको थियो ।
उक्त आदेशको बिहीबार पूर्णपाठ सार्वजनिक भएको छ । आदेशमा आवश्यक मापदण्ड पूरा गर्न लगाएर १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिइएको छ ।