काठमाण्डु, २४ जेठ– बिहीबारको मन्त्रिपरषद बैठकले विभिन्न १० निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बैठकका निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिइन् ।
यी हुन् मन्त्रिपरिषदका १० निर्णय
१.प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागिता जनाउने ।
२. लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।
३.हेटौडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने ।
४.औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओलीलाई नियुक्त गर्ने ।
५. मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने ।
६.अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकमा तेजबहादुर राईलाई तोक्ने ।
७.जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा ९१० बमोजिमका ५२ रोगहरुलाई सङ्क्राम रोगहरुको रुपमा तोक्ने ।
८. जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने ।
९. ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।
१०.भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेशिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी ११ जना राजदूतलाई फिर्ता बोलाउने ।