समाचार

छिमेकीको घर गएकी वृद्धाको ग्यास चुहिएर आगलागी हुँदा मृत्यु

२०८१ पुष २१ गते १९:२६

पर्वत, २१ पुस– पर्वतको कुश्मा नगरपालिका– १० पिपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक वृद्धाको  मृत्यु भएको छ । तल्लो रोहोटेका ध्रुरव रेग्मीको घरमा आइतबार बिहान ग्यास चुहिएर आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो । मृतक पौडेल...

विप्लव, यादव र बाँस्तोलासँग एकता गर्ने प्रचण्डको प्रस्ताव

२०८१ पुष २१ गते १९:१७

काठमाण्डु, २१ पुस– माओवादी केन्द्रले माओवादी पृष्ठभूमिका तीन साना दलसँग एकता गर्न उच्चस्तरीय संवाद समिति गठन गर्ने भएको छ । राजधानीमा आइतबार सुरु केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एकताका लागि समिति गठन गर्ने प्रस्ताव उल्लेख गरिएको छ ।...

एमाले केन्द्रीय कमिटीमा उठ्यो भीम रावलसहित तीन नेतामाथिको कारबाही फिर्ताको माग

२०८१ पुष २१ गते १९:०९

काठमाण्डु, २१ पुस– एमाले केन्द्रीय कमिटी बैठकमा तीन नेतामाथि गरिएको कारबाही फिर्ता हुनुपर्ने आवाज उठेको छ । आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय समिति बैठकमा नेताहरुले कारबाही फिर्ताको माग गरेका हुन् । विवादास्पद व्यवसायी मिनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन ११ रोपनी जग्गा दान लिने...

रविको बयानः ऋणको जवाफदेहिता जीबीकै हुन्छ

२०८१ पुष २१ गते १७:४५

काठमाण्डु, २१ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहकन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ऋण ल्याउने विषयमा आफूले सहमति नदिएको बताएका छन । स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको १ अर्बभन्दा बढी रकम...

छविलालको बयान: जीबी र रविले मेरो हस्ताक्षर किर्ते गरे

२०८१ पुष २१ गते १७:३८

काठमाण्डु, २१ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशीले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीका कागजात किर्ते गरेको आरोप लगाएका छन । स्वर्णलक्ष्मी सहकारीमा भएको अपचलनको अनुसन्धानका क्रममा बयान दिँदै उनले आफू अमेरिका पुगेका बेलामा...

एमालेले ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने, २ लाख सदस्य थप्ने

२०८१ पुष २१ गते १७:१५

काठमाण्डु, २१ पुस– सत्ता घटक दल एमालेले एमालेले पार्टीविरुद्धको भ्रम चिर्न र संगठनन विस्तार गर्न ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने तयारी गरेको छ । एमाले केन्द्रीय कमिटी बैठकमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पेस गरेको सांगठानिक प्रतिवेदनमा आगामी माघ महिनादेखि सुरु गर्ने तीन...

माओवादीमा चरम व्यक्तिवादी अराजकता मौलायो: अध्यक्ष प्रचण्ड

२०८१ पुष २१ गते १७:०९

काठमाण्डु, २१ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चरम व्यक्तिवादी अराजकता मौलाएको दाबी गरेका छन । आज (आइतबार)बाट काठमाण्डुमा सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले पार्टीभित्र मौलाएको...

टीआरसीलाई एमालेले दाउपेचको विषय बनायोः अध्यक्ष प्रचण्ड

२०८१ पुष २१ गते १७:०५

काठमाण्डु, २१ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिक दाउपेचको विषय बनाएको आरोप लगाएका छन् । आज आइतबारबाट काठमाण्डुमा सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो...

रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाण्डुमा पनि मुद्दा दर्ता

२०८१ पुष २१ गते १७:००

काठमाण्डु, २१ पुस– कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर, काठमाण्डुले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको...

भ्रष्टाचारबारे एमाले निष्कर्षः विष लागेको औँला झर्ने हो, शरीरकै बलिदान दिन सकिँदैन

२०८१ पुष २१ गते १६:३७

काठमाण्डु, २१ पुस– सत्ता घटक दल एमालेले भ्रष्टाचारका फाइल खोल्न थालेपछि सत्ता परिवर्तन भएको भन्ने माओवादी केन्द्रको निष्कर्षलाई खण्डन गरेको छ । आज (आइतबार)बाट एमाले मुख्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत् एमालेले माओवादी लगायत दलहरूले भ्रष्टाचारका विषयमा भ्रम छर्ने काम गरिरहेको...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकः पूर्वउपराष्ट्रपति पुन उपाध्यक्षकै लहरमा, वरीयता टुंगिन बाँकी

२०८१ पुष २१ गते १६:२९

काठमाण्डु, २१ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । आज आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ पनि सहभागी भएका छन् । पासाङ केन्द्रीय समिति बैठकमा अध्यक्ष र उपाध्यक्षकै लहरमा बसेका छन । अहिलेसम्म पुनको...

माओवादीमा महराको वरीयता तेस्रो

२०८१ पुष २१ गते १६:२६

काठमाण्डु, २१ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । आज (आइतबार)बाट सुरु भएको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ पनि सहभागी भएका छन् । पासाङ केन्द्रीय समिति बैठकमा अध्यक्ष र उपाध्यक्षकै लहरमा बसेका छन । अहिलेसम्म पुनको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us