काठमाण्डु, २१ पुस– माओवादी केन्द्रले माओवादी पृष्ठभूमिका तीन साना दलसँग एकता गर्न उच्चस्तरीय संवाद समिति गठन गर्ने भएको छ ।
राजधानीमा आइतबार सुरु केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एकताका लागि समिति गठन गर्ने प्रस्ताव उल्लेख गरिएको छ ।
प्रचण्डले प्रतिवेदनमा जनयुद्धको पृष्ठभूमि भएका दलसँगको एकतालाई प्राथमिकतामा राखिने उल्लेख गरेका छन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महिन्द्र राय यादव यादव नेतृत्वकोे नेपाल समाजवादी पार्टी (नेसपा) र धमेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) सँग एकता प्रक्रिया अघि बढाइने उनले बताए ।