समाचार

सर्वोच्चको आदेश: ‘प्रधानन्यायाधीश र न्यायाधीशलाई प्रधानमन्त्री र मन्त्रीपछिको मर्यादाक्रममा राख्नू’

२०८१ पुष २१ गते १६:१४

काठमाण्डु, २१ पुस– सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानन्यायाधीश र न्यायाधीशहरूको नयाँ मर्यादाक्रम निर्धारण गर्न आदेश जारी गरेको छ । यो सँगै सर्वोच्चले सरकारका नाममा तीन बुँदे निर्देशनात्मक आदेश पनि जारी गरेको छ। सर्वोच्चले मर्यादाक्रम निर्धारण गर्दा ख्याल गर्नुपर्ने भन्दै तीन बुँदे निर्देशनात्मक आदेश गरेको...

घरमा लिन नआएको भन्दै गाउँपालिका उपाध्यक्ष गरीन् सरकारी गाडी तोडफोड

२०८१ पुष २१ गते १६:०९

काठमाण्डु, २१ पुस– सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छन । कार्यालय जानका लागि आफूलाई घरमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिकाको बा. २ झ ३६४३ नम्बरको सरकारी स्कोरपीयो तोडफोड गरेको बताइएको छ । उपाध्यक्ष सिंहले पालिकाको स्कोरपीयोलाई इँटा...

विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौँः कुलमान घिसिङ

२०८१ पुष २१ गते १५:३४

काठमाण्डु, २१ पुस– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाएरै छाड्ने बताएका छन् । आज (आइतबार) पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्याबको उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन । उनले विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको...

पुनर्निर्माण कार्यले तीव्रता पाउँछः गृहमन्त्री लेखक

२०८१ पुष २१ गते १५:२९

काठमाण्डु, २१ पुस– गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढीपहिरोबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण कार्यले तीव्रता पाउने बताएका छन । आज (आइतबार) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औं बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले उक्त विपद्बाट भएको क्षतिको मूल्यांकन र...

ओलीको प्रतिवेदनः सरकारको कामहरू सकारात्मक छन्, पर्याप्त भएनन्

२०८१ पुष २१ गते १५:२५

काठमाण्डु, २१ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारका केही कामहरू सकारात्मक भए पनि पर्याप्त नभएको दाबी गरेका छन । आज (आइतबार)बाट एमाले मुख्यालय च्यासलमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले सरकारका कामहरूबारे...

उपनिर्वाचनबारे एमालेको समीक्षा: शहरी क्षेत्रमा अझ मिहिनेत गर्नुपर्ने देखियो

२०८१ पुष २१ गते १५:१३

काठमाण्डु, २१ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपनिर्वाचन परिणामलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भ्रामक सन्देश सम्प्रेषण गर्ने प्रयास गरिरहेको बताएका छन् । केन्द्रीय कमिटीको आठौँ बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले माओवादीले आफ्नो दल पहिलो भएको...

उपनिर्वाचनमा माओवादी पहिलो भयो भनेर भ्रामक सन्देश प्रवाह गरियो: प्रधानमन्त्री ओली

२०८१ पुष २१ गते १५:०३

काठमाण्डु, २१ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपनिर्वाचन परिणामलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भ्रामक सन्देश सम्प्रेषण गर्ने प्रयास गरिरहेको बताएका छन् । केन्द्रीय कमिटीको आठौँ बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले माओवादीले आफ्नो दल पहिलो भएको...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकः उपाध्यक्षको लहरमा पूर्वउपराष्ट्रपति पुन

२०८१ पुष २१ गते १४:५५

काठमाण्डु, २१ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । आज आइतबारबाट काठमाण्डुमा सुरु भएको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी भएका छन् । उनी यसअघि पनि पार्टी बैठकमा सहभागी भएका थिए । केन्द्रीय समिति बैठकमा सहभागी...

युट्युबर मनोज मानव पक्राउ

२०८१ पुष २१ गते १४:५१

काठमाण्डु, २१ पुस– प्रहरीले युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ गरेको छ । गत १९ पुसमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिएका छन । उनलाई अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको अधिकारीले जानकारी दिए । उनले...

ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु

२०८१ पुष २१ गते १४:४७

पर्वत, २१ पुस– पर्वतको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको मृत्यु भएको छ । आज बिहान पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर घटनास्थलमा...

सहकारीबारे रास्वपालक्षित प्रधानमन्त्री ओलीको प्रतिवेदनः गल्ती छैन भने तर्सनु पर्दैन

२०८१ पुष २१ गते १४:४३

काठमाण्डु, २१ पुस– एमालेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । आज आइतबारबाट एमाले मुख्यालय च्यासलमा सुरु भएको केन्द्रीय समिटीको बैठकमा अध्यक्ष ओलीले ४३ पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा पछिल्लो...

एमालेको प्रतिवेदनः ३२ सिटलाई जादुको नम्बर भन्नु सत्ता लिप्साको कुरुप तस्वीर

२०८१ पुष २१ गते १३:५५

काठमाण्डु, २१ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रको सत्ता प्रवृत्तिबारे टिप्पणी गरेका छन् । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफूसँग जादु नम्बर रहेको बताउनुलाई सत्तालिप्साको कुरुप तस्वीर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us