काठमाण्डु, २१ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । आज आइतबारबाट काठमाण्डुमा सुरु भएको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी भएका छन् ।
उनी यसअघि पनि पार्टी बैठकमा सहभागी भएका थिए । केन्द्रीय समिति बैठकमा सहभागी पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै लहरमा बसेका छन् ।
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव अघिल्लो लहरमा बसेका छन् भने उपमहासचिवहरू पछिल्लो लहरमा छन् । पुन बस्ने ठाउँअघि उपाध्यक्षको ‘नेमप्लेट’ राखिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दैछन् । त्यसअघि अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम छ ।