एमालेको प्रतिवेदनः ३२ सिटलाई जादुको नम्बर भन्नु सत्ता लिप्साको कुरुप तस्वीर

काठमाण्डु टुडे २०८१ पुष २१ गते १३:५५ मा प्रकाशित

काठमाण्डु, २१ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रको सत्ता प्रवृत्तिबारे टिप्पणी गरेका छन् ।

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफूसँग जादु नम्बर रहेको बताउनुलाई सत्तालिप्साको कुरुप तस्वीर भएको ओलीको केन्द्रीय समितिको प्रतिवेदनमा उल्लेख गरेका छन ।

ओलीले प्रतिवेदनमा भनेका छन, ‘आफूसँग संसदभित्र जादुको नम्बर रहेको र त्यसलाई प्रयोग गर्दै पाँचै वर्ष सत्ता चलाइरहने भन्दै दिइएको सार्वजनिक अभिव्यक्ति र कहिलेकाँही पार्टी सानो हुनु पनि फाइदाको विषय हुने, त्यसैलाई पार्टी सानो भयो भनेर कार्यकर्ताले चिन्ता गर्न नपर्ने भन्दै गरिएको टिप्पणी संसदीय मूल्य मान्यताको उपहास, अस्थिरताको दुराशय एवं राजनीतिक अवसरवाद र सत्तालिप्साको कुरुप तस्वीर थियो’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us