माओवादीमा महराको वरीयता तेस्रो

काठमाण्डु टुडे २०८१ पुष २१ गते १६:२६ मा प्रकाशित

काठमाण्डु, २१ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । आज (आइतबार)बाट सुरु भएको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ पनि सहभागी भएका छन् ।

पासाङ केन्द्रीय समिति बैठकमा अध्यक्ष र उपाध्यक्षकै लहरमा बसेका छन । अहिलेसम्म पुनको वरीयता टुंङ्गो नलागेको पनि बैठकमा सहभागी नेताहरूले जानकारी दिएका छन ।

केन्द्रीय समिति बैठकको मञ्चमा राखिएका सोफाको अघिल्लो लहरमा छन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘उहाँ उपाध्यक्षकै लहरमा बस्नुभएको छ, वरीयता चाहिँ टुंगिएको छैन्, ‘केन्द्रीय समितिमा साथीहरूले कुरा ल्याउनुहुन्छ होला ।’

पुनसहित अघिल्लो लहरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल र महासचिव देव गुरुङ छन् । माओवादीको पहिरो वरीयतामा प्रचण्ड र दोस्रोमा श्रेष्ठ छन् ।

त्यस्तै, तेस्रो महरा, चौथो सापकोटा, पाँचौँ वरीयतामा भुसाल छन् । महासचिव गुरुङ माओवादीको छैटौं वरीयतामा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us