माओवादीमा चरम व्यक्तिवादी अराजकता मौलायो: अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ पुष २१ गते १७:०९ मा प्रकाशित

काठमाण्डु, २१ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चरम व्यक्तिवादी अराजकता मौलाएको दाबी गरेका छन ।

आज (आइतबार)बाट काठमाण्डुमा सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले पार्टीभित्र मौलाएको चरम व्यक्तिवादी अराजकताले पार्टी नेतृत्वलाई अप्ठ्यारो परिरहेको बताएका पनि बताएका छन ।

अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हाम्रा चपाउने दाँत एउटा र देखाउने अर्कै छ, ‘चन्दा र कमिशनमा रमाउने नेता कार्यकर्तालाई उत्पादन र श्रममा फर्काउनुको विकल्प छैन ।’पार्टीको वर्ग चरित्रको प्रश्न जटिल भएकोले सच्चिने र सच्याउने गरी कार्ययोजना बनाएर जानुपर्ने उनले बताए ।

केन्द्रीय समितिको उद्घाटन गर्दै प्रचण्डले आइतबार पार्टी महाधिवेशनको मिति तोकेर त्यहाँ विचार संश्लेषण गरेर जाने भनेका छन् । उनले माघसम्ममा सबै स्थानीय सम्मेलन गर्ने पनि बताए ।

प्रचण्डले संविधानसभाबाट संविधान निर्माण गर्नेक्रममा माओवादीले राखेको फरक मत संविधानसभामा दर्ज फरक मत नै संविधान संशोधनको बिषय बनाउने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us