एमालेले ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने, २ लाख सदस्य थप्ने

काठमाण्डु टुडे २०८१ पुष २१ गते १७:१५ मा प्रकाशित

काठमाण्डु, २१ पुस– सत्ता घटक दल एमालेले एमालेले पार्टीविरुद्धको भ्रम चिर्न र संगठनन विस्तार गर्न ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने तयारी गरेको छ ।

एमाले केन्द्रीय कमिटी बैठकमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पेस गरेको सांगठानिक प्रतिवेदनमा आगामी माघ महिनादेखि सुरु गर्ने तीन महिने वडा केन्द्रित कार्यक्रममा ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने प्रस्ताव गरिएको हो ।

उक्त , प्रतिवेदनमा भनिएको छ, ‘अभियानबाट भौगोलिक र गैर–भौगोलिक करिब ८ हजार वडारशाखा तहका कमिटीहरु, टोल तथा प्रारम्भिक कमिटी स्तरका १० हजारभन्दा बढी कमिटीहरूको क्रियाशीलता बढाइ राष्ट्रिय रूपमा ३ लाखभन्दा बढी नेता कार्यकर्ता पार्टी तथा जनसंगठन निर्माण, जनपरिचालन र पार्टी र नेतृत्वविरुद्धका भ्रामक प्रचारको प्रतिवाद गर्न परिचालित हुने अपेक्षा लिइएको छ ।’

वडा केन्द्रित अभियानको उद्देश्य जग तहमा पार्टी सदस्यता नवीकरण तथा विस्तार, संगठन निर्माण र सबलीकरण रहेको उल्लेख छ । जस अन्तर्गत एमालेले पार्टी जिल्ला कमिटीको निर्णयले २०८२ का लागि योग्य ठहरिएका सबै पार्टी सदस्यहरूले चैतभित्रै नवीकरण गर्ने र दुई लाख नयाँ सदस्यहरू थप हुने विश्वास गरेको छ ।

अभियान अन्तर्गत हाल रहेको ७ हजार ५ सय ९ वडा स्तरको कमिटीमा थप ५ सय शाखा तथा वडास्तरका कमिटीहरू गठन गर्ने र अधिवेशन बाँकी रहेका सबै वडास्तरका कमिटीहरूको अधिवेशन चैत मसान्तभित्र सम्पन्न गर्ने अधिकारीको प्रतिवेदनमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us