समाचार

विपक्षी मोर्चामाथि प्रधानमन्त्रीको प्रतिक्रिया: मसिना ढुंगा हानेर विशाल नदी थुन्ने प्रयास

२०८१ माघ २ गते १८:११

काठमाण्डू, २ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले गरिरहेको मोर्चाबन्दी प्रयासलाई विशाल नदीको किनारमा बसेर ढुंगा हान्दै नदी थुन्ने प्रयास गर्नुजस्तै भएको बताएका छन । सरकारले ल्याएको अध्यादेशहरू बारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले अधिकारको प्रयोग...

अध्यादेशको एउटा अक्षरमा पनि सत्तारुढ दलको असहमति छैनः प्रधानमन्त्री ओली

२०८१ माघ २ गते १७:५४

काठमाण्डू, २ माघ– नेकपा एकमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेशमा सत्तारुढ दलको कुनै पनि असहमति नभएको बताएका छन । आज बुधबार सिंहदरबारमा अध्यादेशबारे स्पष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले भने, ‘हाम्रो सरकारमा रहेका...

राष्ट्रपति पौडेलद्धारा भूमि अध्यादेश जारी

२०८१ माघ २ गते १७:४४

काठमाण्डू, २ माघ– राष्ट्रपति रामचन्द्र पौडेलले भुमिसम्बन्धी अध्यादेश जारी गरेका छन । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन । मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । ती पाँचमध्ये यसअघि...

रविलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाण्डूको आदेश

२०८१ माघ २ गते १७:३२

काठमाण्डू, २ माघ– काठमाण्डू जिल्ला अदालतले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी...

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अदालत परिसरमै कुटिए

२०८१ माघ २ गते १७:०४

काठमाण्डू, २ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेका छन् । रास्वपा कार्यकर्ताले जिल्ला अदालत काठमाण्डु परिसरमा त्रिपाठीमाथि बुधबार अपराह्न हातपात गरेका हुन् । त्रिपाठीले सहकारी पीडितका तर्फबाट बहस गर्दै आएका छन् । उनले विभिन्न सञ्चार माध्यममा लामिछाने ठग...

समाजवादी मोर्चाले १६ माघमा काठमाण्डूमा आमसभा गर्ने

२०८१ माघ २ गते १६:३४

काठमाण्डू, २ माघ–समाजवादी मोर्चाले आगामी १६ माघमा काठमाण्डूमा आमसभा गर्ने भएको छ । आज बुधबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिएका छन । उनले भने, ‘माघ १६ गते काठमाण्डूमा समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गरौं भन्ने...

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान निर्देशकमा डा. पोखरेल नियुक्त

२०८१ माघ २ गते १६:२८

काठमाण्डू, २ माघ– कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा. जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन । पोखरेललाई कांग्रेस उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको निर्देशकमा नियुक्त गरेका हुन । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति...

सरकारले संसद्को मानहानी गर्योः वर्षमान पुन

२०८१ माघ २ गते १६:१८

काठमाण्डू, २ माघ– पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचि वर्षमान पुनले समितिमा छलफल भइरहेका विधेयकलाई अध्यादेशमार्फत् ल्याएर सरकारले संसद्को मानहानी गरेको आरोप लगाएका छन । आज (बुधबार) प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले यसबारे सरकारको ध्यानाकर्षण गराएका छन । आर्थिक कार्यविधि तथा वित्तीय...

रविमाथिको थुनछेक बहस सकियो, आजै आदेश आउने

२०८१ माघ २ गते १५:५३

काठमाण्डू, २ माघ– स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथिको थुनछेक बहस बुधबार सकिएको छ । बहस सकिएसँगै यसबारे आज नै आदेश आउने भएको हो । आज बुधबार रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील...

सरकारी विकलले थाले जवाफी बहस

२०८१ माघ २ गते १५:३९

काठमाण्डू, २ माघ–स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । जिल्ला अदालत काठमाण्डूमा अहिले सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् । रविको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ...

भूमिसम्बन्धी अध्यादेश आज जारी हुन्छः प्रधानमन्त्री ओली

२०८१ माघ २ गते १५:३१

काठमाण्डू, २ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेश आज जारी हुने बताएका छन । आज (बुधवार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उद्योगी व्यवसायीहरूले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री...

अभियन्ता आशिका तामाङ पक्राउ

२०८१ माघ २ गते १५:२२

काठमाण्डू, २ माघ– आफुलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई बुधबार दिउँसो स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिएका छन । तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गरी थप अनुसन्धानका लागि गौशाला प्रहरी कार्यालयमा राखिएको प्रहरीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us