समाचार

‘विदेशबाट पैसा पठाउँथे, अहिले चिन्दिनँ’ भने पछि थानकोटमा युवकले गरेका थिए युवतीमाथि चक्कु प्रहार

२०८१ माघ १ गते १७:३५

काठमाण्डू, १ माघ– गत २६ पुसमा काठमाण्डूको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा युवतीमाथि चक्कु प्रहार भयो । चक्कु प्रहारबाट दाङ घर भएर थानकोट बस्ने २७ वर्षीय सरु मगर घाइते भइन् । उनको अहिले ट्रमा सेन्टरमा उपचार जारी छ । चक्कु प्रहार गर्ने रोल्पाको गंगादेवी गाउँपालिका...

कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछः माधव नेपाल

२०८१ माघ १ गते १७:२१

काठमाण्डू, १ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिलेको नेपालको राजनीतिमा थुप्रै विकृति र विसङ्गति देखा परेको दाबी गरेका छन । आज ४१ औँ पिस्कर स्मृति दिवसका अवसरमा मंगलबार काठमाण्डुमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।...

डडेलधुरामा आफ्नै श्रीमानले गरे गोली प्रहार गरी महिलाको हत्या, श्रीमान् पक्राउ

२०८१ माघ १ गते १७:१५

काठमाण्डू, १ माघ– डडेलधुरामा गोली प्रहरी गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी नगरपालिका–३ पथरोडा बस्ने ३२ वर्षीय डम्बरबहादुर थापा मगर रहेको प्रहरीले जानकारी दिएको छ । घरायसी विवादका क्रममा डम्बरले अस्मितामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ...

चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

२०८१ माघ १ गते १७:०२

काठमाण्डू, १ माघ– चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुने चितवनको माडी नगरपालिका–३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेको चितवनका एसपी गौतम मिश्रले जानकारी दिएका छन । चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा मंगलबार दिउँसो भैंसी चराउन...

भीम रावलकै कारण सुदूरपश्चिममा एमालेलाई खासै असर पर्दैनः लेखराज भट्ट

२०८१ माघ १ गते १६:५३

काठमाण्डू, १ माघ– एमाले सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले भीम रावलका कारणले सुदूरपश्चिममा एमालेलाई खासै असर नपर्ने दाबी गरेका छन । रावल एमालेबाट निष्कासनमा परेका छन् । एमालेको सचिवालय बैठकले गत १० पुसमा रावललाई पार्टीबाट निस्कासन गरेको थियो । सचिवालयको उक्त निर्णयलाई केन्द्रीय...

सार्वजनिक सेवा प्रशारण संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्न थालेः सञ्चारमन्त्री गुरुङ

२०८१ माघ १ गते १६:२३

काठमाण्डू, १ माघ– नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रशारण संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको दाबी गरेका छन । आज मंगलबार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रममा बोल्दै सञ्चारमन्त्री...

आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

२०८१ माघ १ गते १६:००

काठमाण्डू, १ माघ– प्रहरीले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ घर भई हाल काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–२ बस्ने २९ वर्षीय निमपासी शेर्पा रहेको प्रहरीले जानाकरी दिएको छ । शेर्पाले क्रोएसिया पठाइदिन्छु...

खेलाडी प्रचण्ड चाहियो भन्छन्ः प्रचण्ड

२०८१ माघ १ गते १५:४८

काठमाण्डू, १ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले क्रिकेट लगायतका खेलकुदका लागि धेरै काम गरेको बताएका छन । आज मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन गर्देै अध्यक्ष प्रचण्ड यस्तो बताएका हुन...

प्रधानमन्त्री ओलीमाथि भिम रावलले लगाए यस्तो आरोप ?

२०८१ माघ १ गते १५:२९

काठमाण्डू, १ माघ– एमाले आफुलाई पार्टीकाट निष्कासित गरेपछि पूर्व उपाध्यक्ष समेत रहेका पूर्व गुृहमन्त्री डा.भीम रावलले प्रधानमन्त्री केपी ओलीमाथि वन तथा निकुञ्जको जग्गा भू माफियालाई दिन लागेको आरोप लगाएका छन् । मङ्गलवार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै रावलले प्रधानमन्त्री ओलीमाथि यस्तो आरोप लगाएका हुन...

काठमाण्डूमा माघे सकरातिको साँस्कृतिक उत्सव

२०८१ माघ १ गते १४:३३

काठमाण्डू, १ माघ– आज (मंगलबार) काठमाण्डू उपत्यकामा बसोबास गर्ने मगर समुदायले टुँडिखेलमा भेला भएर माघे संक्रान्ति पर्व मनाएका छन् । माघे संक्रान्ति मगर समुदायको प्रमुख साँस्कृतिक पर्व हो । उनीहरुले माघे संक्रान्तिलाई ‘माघे सकराति’पनि भन्ने गर्दछन् । उनीहरुले मगर भेषभुषामा सजिएर उनीहरुले र्याली निकाले...

मकवानपुरमा डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेला

२०८१ माघ १ गते १४:२४

काठमाण्डू, १ माघ– मकवानपुरमा करिब डेढ महिनादेखि बेपत्ता एक वृद्धको शव फेला परेको छ । जिल्लाको भीमफेदी गाउँपालिका–२ रिठ्ठेडाँडामा मकवानपुरको कैलाश गाउँपालिका–७ भार्ता निवासी ७० वर्षीय टिकाराम प्रजाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । भीमफेदी गाउँपालिका–९ स्थित भान्जीको घरबाट फर्किने क्रममा गत...

यो सरकारले अध्यादेशबाट शासन सत्ता चलाउन खोजिरहेको छः प्रचण्ड

२०८१ माघ १ गते १२:२९

काठमाण्डू, १ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आफैँ ढल्ने दाबी गरेका छन । आज मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us