काठमाण्डू, १ माघ– आज (मंगलबार) काठमाण्डू उपत्यकामा बसोबास गर्ने मगर समुदायले टुँडिखेलमा भेला भएर माघे संक्रान्ति पर्व मनाएका छन् ।
माघे संक्रान्ति मगर समुदायको प्रमुख साँस्कृतिक पर्व हो । उनीहरुले माघे संक्रान्तिलाई ‘माघे सकराति’पनि भन्ने गर्दछन् ।
उनीहरुले मगर भेषभुषामा सजिएर उनीहरुले र्याली निकाले । र्याली काठमाडौंको विभिन्न स्थान परिक्रमा गर्दै टुँडिखेल पुगेको थियो ।
बुढाबुढी, युवायुवती र बालबालिकाहरु परम्परागत पोशाकमा सजिएका थिए । टुँडिखेलमा उनीहरुले साँस्कृतिक कार्यक्रम पनि आयोजना गरेका छन् ।
महिलाहरुको टोली पञ्चेबाजासहित कार्यक्रममा सहभागी भएको थियो । माघे संक्रान्ति पर्वलाई विभिन्न समुदायले आ–आफ्नै तरिकाले मनाउने गर्दछन् ।