आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ माघ १ गते १६:०० मा प्रकाशित

काठमाण्डू, १ माघ– प्रहरीले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ घर भई हाल काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–२ बस्ने २९ वर्षीय निमपासी शेर्पा रहेको प्रहरीले जानाकरी दिएको छ ।

शेर्पाले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई टेकुबाट पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us