समाचार

एमाले नेता कार्कीमाथिको कारबाहीबारे भीम रावलः केपी गुटको निरंकुश, स्वेच्छाचारी र तानाशाही चरित्र

२०८१ माघ ३ गते ८:२३

काठमाण्डू, ३ माघ– एमालेका निष्काशित नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीमाथि प्रश्न गरेको आरोपमा कोशी प्रदेशका पूर्वसांसद विमल कार्कीमाथिको कारबाहीप्रति निन्दा गरेका छन् । रावलले सामाजिक सञ्जालमार्फत उक्त प्रकरणलाई केपी ओली गुटको तानाशाही चरित्रको अर्को परिणाम भएको उल्लेख गरेका छन् ।...

त्रिपाठीमाथिको आक्रमण निन्दनीयः काँग्रेस

२०८१ माघ ३ गते ८:०५

काठमाण्डू, ३ माघ– नेपाली काँग्रेसले वरिष्ठ अधिवक्ता  दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गरेको छ । त्रिपाठीमाथि बुधबार स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहसका क्रममा बचतकर्ताका तर्फबाट बहस गरेर बाहिरिने क्रममा काठमाण्डू जिल्ला अदालतबाहिर आक्रमण भएको थियो...

कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किए, दुईको मृत्यु

२०८१ माघ ३ गते ७:५१

काठमाण्डू, ३ माघ– कपिलवस्तुमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । यूपी ५५ एएच ७०९० नम्बरको भारतीय मोटरसाइकल र लु१०प ४४९६ नम्बरको मोटरसाइकल गएराति बाणगंगा नगरपालिका–११ मा आपसमा ठोक्किएर दुर्घटना भएका हुन् । मृत्यु हुनेमा भारतीय नम्बरको मोटरसाइकल चालक कपिलवस्तुको शुद्धोदन...

जनताले सरकारको महसुस नगरेपछि देउवाले १२ मन्त्रीलाई बूढानीलकण्ठ बोलाए

२०८१ माघ ३ गते ७:४२

काठमाण्डू, ३ माघ– प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी १२ मन्त्रीलाई सामूहिक रुपमा छलफलका लागि बोलाएका छन् । केपी ओली नेतृत्वको सरकारमा काँग्रेसबाट १० मन्त्री र दुई राज्यमन्त्री संलग्न छन् । मन्त्रीहरुलाई छलफलका लागि सभापति देउवानिवास बूढानीलकण्ठमा बोलाइएको छ...

सरकारले बढायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

२०८१ माघ २ गते २०:४७

काठमाण्डू, २ माघ– सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटीतेलको मूल्य वृद्धि गर्ने निर्णय भएको नेपा आयल निगमले जनाएको छ । पेट्रोलमा प्रतिलिटर २ तथा डिजेल र मटीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि...

सरकारले रवि लामिछानेमाथि अत्याचार गरेको छः प्रचण्ड

२०८१ माघ २ गते २०:२१

काठमाण्डू, २ माघ– माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकारले अत्याचार गरेको आरोप लगाएका छन् । आफ्नै आह्वानमा बुधबार सिंहदरबारमा बसेको विपक्षी मोर्चाको बैठकमा उनले जनतामा लामिछानेमाथि सरकारले पूर्वग्रह राखेर व्यवहार गरेको भन्ने जनमानसले बुझेको बताएका हुन्...

रिहा भएपछि रवि लामिछानेको प्रतिक्रियाः देशमा न्याय परेको छैन

२०८१ माघ २ गते २०:१२

काठमाण्डू, २ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने देशमा न्याय अझै नमरेको प्रतिक्रिया दिएका छन् । जिल्ला अदालत काठमाण्डूको आदेशमा बुधबार ६० लाख धरौटी बुझाएर रिहा भएपछि उनले अदालतप्रति आफ्नो सम्मान रहेको बताए । उनले आफू न्यायिक प्रक्रियालाई सघाउन आएको भन्दै यस...

६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने

२०८१ माघ २ गते १९:३७

काठमाण्डू, २ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका छन् । बैंक जमानतमा ६० लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् । जिल्ला अदालत काठमाण्डूका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार उनलाई ६० लाख धरौटीमा छाड्न आदेश...

सत्ताको दुरूपयोग भइरहेको छः माधव नेपाल

२०८१ माघ २ गते १९:२०

काठमाण्डू, २ माघ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ताको दुरूपयोग भइरहेको आरोप लगाएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सत्ताको बारेमा आफूले कुनै कुरा नगरेको उल्लेख गर्दै सरकारले...

दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही होस्ः रास्वपा

२०८१ माघ २ गते १९:०९

काठमाण्डू, २ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएकोमा आफ्नो दलको ध्यानाकर्षण भएको जनाएको छ । कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै हातपातमा पार्टी कार्यकर्ता संलग्न रहेको पाइए कारबाही गर्ने बताएका छन् । सहकारी पीडितका तर्फबाट बहस गरेका...

भूमि अध्यादेश जारी भएपछि बालेनः टुँडिखेल र खुलामञ्च कार्यकर्तालाई बाँड्ने अध्यादेश जारी भएछ

२०८१ माघ २ गते १८:५५

काठमाण्डू, २ माघ– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले राष्ट्रपतिबाट भूमिसम्बन्धी अध्यादेश जारी भएकामा आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सत्तारुढ दलले खोला मात्र नभई टुँडिखेल र खुलामञ्च पनि आफ्ना कार्यकर्तालाई दिने उद्देश्यसहित अध्यादेश ल्याएको आरोप बालेनले लगाएका छन् । प्रधानमन्त्री...

सहकारीपीडितको पक्षमा बहस गर्दा ममाथि अदालत परिसरमै दुर्व्यवहार भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी

२०८१ माघ २ गते १८:२९

काठमाण्डू, २ माघ– कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा प्रतिवादी बनाइएका रवि लामिछानेको विपक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अदालत परिसरमै कुटपिट भएको छ । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरुले उनलाई अदालत परिसरमै लछारपछार गरेका हुन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us