रिहा भएपछि रवि लामिछानेको प्रतिक्रियाः देशमा न्याय परेको छैन

काठमाण्डु टुडे २०८१ माघ २ गते २०:१२ मा प्रकाशित

काठमाण्डू, २ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने देशमा न्याय अझै नमरेको प्रतिक्रिया दिएका छन् ।

जिल्ला अदालत काठमाण्डूको आदेशमा बुधबार ६० लाख धरौटी बुझाएर रिहा भएपछि उनले अदालतप्रति आफ्नो सम्मान रहेको बताए ।

उनले आफू न्यायिक प्रक्रियालाई सघाउन आएको भन्दै यस क्रममा सहयोग गर्ने सबैलाई धन्याद दिए । ‘सबै जनालाई धेरैधेरै धन्यवाद । न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ ।

अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु’, लाछिानेले भने, ‘न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायलयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन ।’

जिल्ला अदालत काठमाण्डूका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले स्वर्णलक्ष्मी सहकारीको रकम गैरकानूनी तबरले गोर्खा मिडियामा लगेर खर्च गरेको कसुरमा बुधबार उनलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । लगत्तै बैंक ग्यारेण्टीमार्फत धरौटी बुझाएर लामिछाले रिहा भएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको कसुरमा उनलाई प्रहीशले गत २ कात्तिकमा काठमाण्डूबाट पक्राउ गरी सोही रात पोखरा लगेको थियो । ८४ दिन हिरासतमा बसेपछि उनलाई गत बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा रिहा गरेको थियो ।

त्यसअघि नै स्वर्णलक्ष्मी ठगी कसुरमा मुद्धा दायर भएकाले उनी आइतबार अदालतमा उपस्थित भए । आइतबार र सोमबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा राखिएको थियो ।

मंगलबार सार्वजनिक बिदा परेका कारण लामिछानेलाई बुधबार मात्र अदालतमा पेश गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us