काठमाण्डू, २ माघ– माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकारले अत्याचार गरेको आरोप लगाएका छन् ।
आफ्नै आह्वानमा बुधबार सिंहदरबारमा बसेको विपक्षी मोर्चाको बैठकमा उनले जनतामा लामिछानेमाथि सरकारले पूर्वग्रह राखेर व्यवहार गरेको भन्ने जनमानसले बुझेको बताएका हुन् ।
बैठकमा रास्वपाबाट कार्यबाहक अध्यक्ष डिपी अर्याल सहभागी थिए ।
‘जनतामा रवि लामिछानेमाथि अत्याचार भयो र पूर्वाग्रह साँधियो भन्ने परेको छ’, उनले भने ।
प्रचण्डले यसअघि पनि सहकारीको बचत अपचलनसम्बन्धी एकै प्रकारको आरोप लागेका सत्तारुढ काँग्रेस–एमालेका नेताहरुलाई छानबिनको दायराबाहिर राखेर उन्मुक्ति दिइएको र लामिछानेमाथि पूर्वाग्रह राखिएको बताउँदै आएका छन् ।