समाचार

पूर्वप्रेमिकाको नग्न भिडियो खिच्ने दुई युवा पक्राउ

२०८१ माघ ३ गते १८:०३

काठमाण्डू, ३ माघ– प्रहरीले पूर्वप्रेमिकाको चरित्र हत्या आरोपमा दुई युवा पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोको टोलीले रामेछापका १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुरका ३१ वर्षीय सरोज कटुवाललाई पक्राउ गरेको हो । ब्युरोका एसपी दिपकराज अवस्थीले फरकफरक मुद्धामा उनीहरुलाई पक्राउ गरिएको बताए ।...

आफूमाथि कुटपिट गर्ने व्यक्तिविरूद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीद्वारा जाहेरी दर्ता

२०८१ माघ ३ गते १७:५५

काठमाण्डू, ३ माघ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरूद्ध जाहेरी दिएका छन् । त्रिपाठीले बिहीबार प्रहरी वृत्त सिंहदरबारमा ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रवको कसुरमा जाहेरी दिएका हुन् । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको बचत अपचलन सम्बन्धी मुद्धामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सर्वोच्च अदालतद्वारा बेचन झालाई थुन्नुको कारण माग

२०८१ माघ ३ गते १७:४७

काठमाण्डू, ३ माघ– सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा राख्नुपर्ने कारण माग गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बिहीबार झालाई थुनामा राखिएको विषयमा कारण देखाऊ आदेश जारी गरेको हो । आफूलाई गैरकानूनी रुपमा थुनामा राखेके भन्दै झाका तर्फबाट...

काँग्रेसद्वारा दिलेन्द्र बडूको संयोजकत्वमा अनुशासन समिति गठन

२०८१ माघ ३ गते १५:२६

काठमाण्डू, ३ माघ–काँग्रेसले संसदीय दल अनुशासन समिति गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बिहीबार बसेको काँग्रेस संसदीय दल केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दल अनुशासन समिति बनाउने निर्णय गरेको हो । बैठकले समितिको संयोजकमा सांसद दिलेन्द्रप्रसाद बडूलाई तोकेको छ । समितिमा...

सरकारका कारण गणतन्त्र दुर्घटनामा पर्ने खतरा छः प्रचण्ड

२०८१ माघ ३ गते १५:१०

चितवन, ३ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका पछिल्ला गतिविधिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र दुर्घटनामा पर्ने खतरा बढेको दाबी गरेका छन् । गृहजिल्ला चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले संविधानसहितका लोकतान्त्रिक आन्दोलनका उपलब्धी खतरामा परेको बताए ।...

सिडिओको आवासगृहमा आगलागी

२०८१ माघ ३ गते १४:५८

मुस्ताङ, ३ माघ– जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एक जना घाइते भएका छन् । जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका छन् । हात र औलामा आगोले पोलेर घाइते भएका...

प्रधानमन्त्री ओली पोखरामा

२०८१ माघ ३ गते १४:१४

पोखरा, ३ माघ– प्रधानमन्त्री केपी ओली पोखरा आइपुगेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन उनी अपाराह्न यहाँ आइपुगेका हुन् । प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी लगायतले स्वागत गरे ।...

सरकारले केही गर्न सकेन भन्ने भएपछि हाम्रो सहमतिमै अध्यादेश आएको होः काँग्रेस

२०८१ माघ ३ गते १४:०९

काठमाण्डू, ३ माघ–सत्तारुढ नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओलीले आफूहरुसँगको सहमतिमै अध्यादेशहरु ल्याएको स्पष्टीकरण दिएको छ । सभापति शेरबहादुर देउवाले आफनै निवास बूढानीलकण्ठमा बिहीबार बिहान आयोजना गरेको पार्टीका मन्त्रीहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा विद्यमान...

एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या छैनः लेखक

२०८१ माघ ३ गते १३:५९

काठमाण्डू, ३ माघ– गृहमन्त्री एवं काँगेस नेता रमेश लेखकले एमालेसँगको सत्ता सहकार्यमा कुनै समस्या नरहेको दाबी गरेका छन् । सभापति शेरबहादुर देउवाले आफनै निवास बूढानीलकण्ठमा बिहीबार बिहान आयोजना गरेको पार्टीका मन्त्रीहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै लेखकले गठबन्धनमा समस्या नरहेको बताएका हुन् । सरकारमा समस्या...

मन्त्रीहरुले काम गर्न असहज भएको बताए, गगन थापाले ओलीको बचाउ गरे

२०८१ माघ ३ गते १३:२५

काठमाण्डू, ३ माघ– काँगेस महामन्त्री गगनकुमार थापाले आफूहरुसँगको सहमतिमै सरकारले अध्यादेश ल्याएको बताएका छन् । पार्टीका मन्त्रीहरुसँग सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहीबार बिहान आयोजित छलफलमा थापाले अध्यादेशबारे भ्रममा नपनै आग्रह गरेका थिए । मन्त्रीहरु र काँग्रेस शीर्ष नेताहरुको छलफलबाट के थाहा भएको छ...

देउवालाई सरकारबाट सोचेजस्तो काम भएको छैन भन्ने रिपोर्ट गरेंः मन्त्री चौधरी

२०८१ माघ ३ गते ११:५०

काठमाण्डू, ३ माघ– प्रमुख सत्ताघटक कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी मन्त्रीहरूको कार्यप्रगति विवरणबारे जानकारी लिएका छन् । बिहीबार बिहान निजी निवास बूढानीलकण्ठमा बोलाएर सभापति देउवाले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन् । हालसम्म ३...

देउवाका अगाडि काँग्रेस मन्त्रीले पोखे सरकारबारे निराशा

२०८१ माघ ३ गते ११:४२

काठमाण्डू, ३ माघ– काँग्रेस र एमाले एमालेका कतिपय नेताले दुई तिहाईको सरकारले मुलुकमा कायापलट गर्ने दाबी गरिरहेका बेला सरकारका एक मन्त्रीले सरकारको अवस्था चित्रित हुने गरी निराशा व्यक्त गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरुसँग गरेको बिहीबार बिहान बूढानीलकण्ठस्थित आफ्नै निवासमा गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us