प्रधानमन्त्री ओली पोखरामा

काठमाण्डु टुडे २०८१ माघ ३ गते १४:१४ मा प्रकाशित

पोखरा, ३ माघ– प्रधानमन्त्री केपी ओली पोखरा आइपुगेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन उनी अपाराह्न यहाँ आइपुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी लगायतले स्वागत गरे ।

प्रधानमन्त्री ओली प्रतिष्ठानका कुलपति हुन् । प्रतिष्ठानबाट आज ४३ जना दीक्षित हुँदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us