पोखरा, ४ माघ– साइबर अपराध आरोपमा पक्राउ परेका डा. निकोलस भुसाललाई प्रहरीले आज अदालतमा प्रस्तुत गर्दैछ । कास्की प्रहरी हिरासत कक्षभित्र पसेर भुसालले रास्वपा सभापति रवि लामिछानेको तस्बिर खिचेको आरोपमा प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको थियो । लामिछाने भेट्न प्रहरी हिरासतमा पुगेका भुसालले सुतिरहेको...
पोखरा, ४ माघ– प्रधानमन्त्री केपी ओलीले सरकारले प्राविधिक शिक्षामा बढी जोड दिइरहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले आइटी र प्रविधिको क्षेत्रमा सरकारले जोड दिएर काम गरिरहेको उल्लेख गरे । उनले च्याट जिपिटी, एआई अब नेपालका...
सिन्धुली,४ माघ–सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–१० का ५० वर्षीय निर्मल गुप्ता छन् । काठमाण्डूबाट जनकपुर जाँदै गरेको बा३ख ८४४५ नम्बरको माइक्रो बस बिहीबार साँझ साढे ५ बजेको समयमा विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा...
काठमाण्डू, ४ माघ– सरकारविरुद्ध मोर्चाबन्दीमा उत्रिएका विक्षपी ६ दलको बैठक आज पनि बस्दैछ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नयाँबनेश्वरस्थित संसद भवनमा रहेको कार्यकक्षमा अपराह्न २ बजे विपक्षीको बैठक बस्न लागेको हो । बैठकपछि अपराह्न ३ बजे बानेश्वरस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन आयोजना गरिएको...
काठमाण्डू, ३ माघ– कर्णाली प्रदेशको महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले चार अर्ब २० करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नति गर्न मन्त्रालयले उक्त बजेट सुनिश्चित गरेको हो । भौतिक पूर्वाधार...
काठमाण्डू, ३ माघ– पूर्वसचि पूर्वसचिव शारदाप्रसाद त्रितालले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको भूमिसम्बन्धी अध्यादेशलाई नीतिगत भ्रष्टाचारको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल फेसकुबमार्फत त्रितालले उक्त अध्यादेशमा भएको प्रावधानले नीतिगत भ्रष्टाचारलाई मजबूत बनाउने टिप्पणी गरेका हुन् । ‘नीतिगत भ्रष्टाचारलाई मजबूत बनाउन भूमिसम्बन्धी अध्यादेश’,...
पोखरा, ३ माघ– प्रधानमन्त्री केपी ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बिहीबार सम्बोधन गर्दै कुलपतिसमेत रहेका ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनिले भन्दै आएको ‘सर्वे...
काठमाण्डू, ३ माघ– काँग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार आफ्नै निवास बूढानीलकण्ठमा बिहीबार पार्टीका तर्फबट वर्तमान सरकारमा सहभागी १० मन्त्री र २ राज्यमन्त्रीलाई छलफलमा बोलाएका थिए । बैठकमा सभापति देउवासहित पार्टीका शीर्ष नेतासमेत सहभागी थिए । बैठकमा मन्त्रीहरुले पालैपालो आफ्नो मन्त्रालयमा भएका काम, चुनौती र...
काठमाण्डू, ३ माघ– सत्तारुढ एमाले महासचिव शंकर पोखरेलले अदालतप्रति असन्तुष्टि प्रकट गरेका छन् । सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले कार्यकारी (सरकार) को भूमिकामा अंकुश लगाउने गरी न्यायिक सक्रियता बढेको दाबी गरे । सैनिक जर्नेलहरूको राजनीतिक महत्वकांक्षाले पाकिस्तानमा लोकतन्त्र कमजोर भएको बनाएको उदाहरण प्रस्तुत गर्दै पोखरेलले...
काठमाण्डू, ३ माघ– ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का मन्त्रालयमै कुटिएको खुलासा भएको छ । काँग्रसले बिहीबार पार्टीबाट केपी ओली नेतृत्वको सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीसँग सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा छलफल गरेको थियो । त्यस क्रममा मन्त्री खड्काले आफूमाथि मन्त्रालयमै हातपात भएको...
काठमाण्डू, ३ माघ– काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नागरिकताको अधिकार प्राप्त गरिसकेका गैरआवासीय नेपालीलाई निःशुल्क भिसा दिने व्यवस्थासहित अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाएका छन् । पार्टीका तर्फबाट सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीसँग बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आयोजित छलफलमा शर्माले अध्यादेशको उक्त...
काठमाण्डू, ३ माघ– प्रहरीका उच्च अधिकारी र कार्यालयहरुको नाममा अनधिकृत इमेल पठाउने गरिएको भन्दै त्यसबारे सचेत रहन भनिएको छ । प्रहरीको साइबर ब्युरोले विशिष्टीकृत कार्यालय र उच्च अधिकारीको नाम प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई इमेल पठाइएको सचेत रहन आग्रह गरेको छ । प्रहरीले त्यस्ता इमेलको...