काठमाण्डू, ३ माघ– प्रहरीका उच्च अधिकारी र कार्यालयहरुको नाममा अनधिकृत इमेल पठाउने गरिएको भन्दै त्यसबारे सचेत रहन भनिएको छ ।
प्रहरीको साइबर ब्युरोले विशिष्टीकृत कार्यालय र उच्च अधिकारीको नाम प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई इमेल पठाइएको सचेत रहन आग्रह गरेको छ ।
प्रहरीले त्यस्ता इमेलको जवाफ नफर्काउन पनि भनेको छ । ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जारी गरेको विज्ञप्तिमा प्रहरी अधिकारीको नाममा धम्कीयुक्त इमालेहरु पठाउने गरिएकाले सचेत रहन भनिएको छ ।
‘ब्युरो लगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू होक्स भएकाले यस प्रकृतिका मेलहरूको विश्वास नगर्न हुन साथै कुनै प्रतिक्रिया नदिनुहुन सम्पूर्ण महानुभावहरूमा विनम्र अनुरोध छ,’ विज्ञप्तिमा छ ।